विवाहको विदाईमा रोएको हैन सबै खित्का छोडेर हासेको भिडियो टिकटकमा करोडौले हेरे !

काठमाडौं । सामान्य रुपमा हेर्दा विवाहमा विदाईको समयमा माइती पक्षका धेरै जना छोरी गईन् भन्दै रोईरहेका हुन्छन् । तर आज हामी एक यस्तो एक भिडियो लिएर आएका छौँ, जहाँ तपाँईले यो कुरा गलत भएको पाउन सक्नुहुन्छ । विवाहका भिडियोहरू टिकटकमा राम्रो मन पराइने भिडियोहरुमा पर्दछन् । यस्ता भिडियोहरु फेसबुक र ट्विटर जस्ता प्लेटफार्महरूमा साझा हुन्छन् ।

त्यस्तै एउटा भिडियो भाइरल भइरहेको छ, जसमा दुलही विदाईमा रुन छोडेर खित्का छोडेर हाँस्न थालेको देख्न सकिन्छ । भिडियोलाई करोडौँ व्यक्तिहरुले हेरेका छन् । यो टिकटक भिडियोमा देख्न सकिन्छ कि दुलहीको विदाई भइरहेको छ । आमालाई रुँदै गरेको देखेर दुलही हाँस्छिन् र आमाको गालामा मुस्कुराउँदै भन्छिन्, ‘हे मैया’ त्यसपछि मानिसहरूले उनलाई नक्कली भए पनि रुनुपर्छ भनेर सम्झाउछन् ।

त्यसपछि दुलही देखाउनका लागि रुन थाल्छिन् । अर्को महिलाले दुलहीलाई आमा नजिकै भएको र जुन बेला पनि उनको घरमा आउन सक्ने भन्दै नरुन भन्दै सम्भाmउँछिन् । ति महिला भन्छिन्, ‘मम्मी जहांगीर पुरीमा बस्छिन् ।’ यो भिडियोलाई धेरैले मन पराइएका छन् । राशी चन्दा टिकटक प्रयोगकर्ताले यो भिडियो पोस्ट गरेको थिइन् ।

प्रतिक्रिया दिनुहोस