अनौठो जीव: ३० वर्षसम्म भोकै बाँच्छ ! १५० डिग्री तापक्रमले पनि छुँदैन

एजेन्सी । समुद्र भित्र कयौँ यस्त अनौठा जीव रहेका हुन्छन् जसलाई देखेर तपाईँ पनि चकित पर्नुहुन्छ । समुद्रमा कति किसिमका जीव छन् अहिलेसम्म पत्ता लागिसकेको छैन । जति जीवकोबारेमा जानकारी मिलेको छ तिनमा सबैभन्दा ठुलो ब्लू व्हेल हो । जुन पृथ्वीमा रहने सबैभन्दा ठुलो जीव हात्ती भन्दा पनि कयौँ गुणा ठुलो छ ।

यदि समुद्रका खतरनाक जीवको कुरा गर्ने हो भने सबैभन्दा खतरनाक जीव भनेको सार्क हो । सार्क शिकारी माछा हो र यो आफ्नो शिकारलाई कयौँ माइल परबाट पनि चिन्न सक्छ ।

कयौँ पटक प्रकृतिको यी रचनालाई देख्दा लाग्छ प्रकृति यति धेरै कुरा कसरी गर्न सक्छ ? जीवमा पनि शाकाहारी र मांसाहारी रहेका छन् । पृथ्वीमा रहने शाकाहारी जीव रुख, बिरुवा र घाँस खाएर बाँच्छन् भने समुद्रमा रहने शाकाहारी जीव लेउसहितका प्राकृतिक कुरा खाएर बाँच्छन् ।

अर्कातिर जो मांसाहारी समुद्री जीव छन् उनले आफूभन्दा साना जीवलाई शिकार बनाउँछन् । कयौँ पटक त सार्कले आफ्नो कयौँ गुणा ठुलो व्हेललाई पनि शिकार बनाउँछ । यदि कुनै जीवले एक पटक खान्छ भने उसले दुई दिनसम्म काम चलाउन सक्छ ।

तर यहाँ हामीले आज चर्चा गर्न लागेको एउटा अद्भुत जनावरको बारेमा हो । जसको विशेषता थाहा पाएर तपाईँ पनि चकित पर्नुहुन्छ । यस जीवको बारेमा आश्चर्यचकित बनाउने खुलासा बैज्ञानिकहरुले गरेका छन् ।

यस जीवको खोज पृथ्वीबाट एक दिन सबै कुरा समाप्त हुन्छ भन्ने कुरालाई पनि गलत सावित गरिदिएको छ। यस जीवको नाम वैज्ञानिकले अनश्वर दिएका छन् । यस जीवलाई वैज्ञानिकले ‘जल रिछ’ को नाम दिएका छन् ।

गहिरो पानीमा बस्छयो जीव ब्रह्माण्डमा खोजिएका सबै ग्रहमा सजिलै रहन सक्छ । यस जीवको सबैभन्दा ठुलो विशेषता भनेको यो केही पनि नखाइ ३० वर्षसम्म जीवितै रहन सक्छ । यो अद्भुत जीव १५० डिग्रीको तापक्रममा पनि बाँच्न सक्छ । यो अद्भुत जीव समुद्रमा पाइन्छ ।

गहिरो समुद्रमा पनि यो सजिलैसँग बाँच्न सक्छ । अर्थात् यसको शरिरमा पानीको कुनै दबाब पर्दैन । यस जलचर जीवको जीवन यति धेरै कठोर हुन्छ कि एक पटक सुरु भएपछि सजिलैसँग समाप्त हुन सम्भव नै छैन ।

प्रतिक्रिया दिनुहोस