एजेन्सी । सयौँ वर्ष पुरानो रुखमा रहेको प्वालमा हिनदुधर्मका आस्थाका प्रतिमुर्ती भगवान शिवको शिवलिंग भेटिएपछि हेर्ने हिन्दुधर्मावलम्वीको भिड नै लागेको छ । प्रसंग हो भारतको ।
भारत भगवान महाकालको नगरीमामा अवस्थित इमलीको एउटा बुढो रुख ढलाउँदा उक्त रुखको प्वालमा शिवलिंग भेटिएपछि उक्त रुखको आसपास समेत भगवान शिवको बास रहेको भन्दै पुजाआजा गरेको भारतीय मिडियाले उल्ल्ेख गरेको छ ।
रुख धेरै वर्ष पुरानो भएको भन्दै आँफै ढल्न लागेकाले काट्ने निर्णय गरेको गाउँलेहरुले बताएका छन् ।