जिब्रोले चाटेर आँखाको उपचार गर्ने विश्वकै बृद्ध डाक्टर, जो ८० वर्षमा पनि जवानहरुले जसरी काम गर्छिन्

एजेन्सी । ८० वर्षको उमेरमा मानिसले काल कुर्दै भगवानको नाम जपिरहेका हुन्छन् । तर बोस्नियाकी ८० बर्षिय नाना हावा नामकी वृद्ध भने यो उमेरमा पनि उस्तै गरी सक्रिय छिन् । पेशाले उनी डाक्टर नभएपनि उनले आँखाको उपचार गर्दै आएकी छिन् । तर कुनै औषधी र झारफुकबाट नभई आँखाले चाटेर ।

नाना हावाले अहिलेसम्म ५ हजार व्यक्तिको आँखाको समस्यालाई जिब्रोले चाटेर ठिक पारिदिइन् । आँफुसँग जिब्रोमा अद्धितिय कला भएका कारण आँखामा आएका समस्यालाई निधान गरिदिन सक्ने क्षमता भएको उनी दाबी गर्छिन् ।

उनको उपचारमा उनी बृद्ध, असहाय र बेरोजगारलाई कुनै शुल्क लिँदिनन् । तर अन्य मानिसहरुलाई भने न्युनतम १० युरो फि लिँदै आएको डेलिमेलसँगको अन्तरवार्तामा बताएकी छिन् । मुख्य रुपमा आँखामा धुलो, सिसा, फलाम, कोइला, लगायतका बस्तुहरु उनले सजिलै जिब्रोले निकाल्दै आउकी छिन् ।

प्रतिक्रिया दिनुहोस