कस्तो अचम्म ! बाख्राले जन्मायो मान्छे जस्तो बच्चा, हेर्नेको घुँईचो

एजेन्सी । के बाख्राले मानिसका जस्ता बच्चा जन्माएको कहिल्यै सुन्नुभएको छ रु सामाजिक संजालमा अहिले बाख्राले जन्माएको मान्छेको जस्तो बच्चाको तस्विरले हंगामा नै मच्चाएको छ । यो घटना फिलिपिन्समा घटेको हो ।

डेनिस कैरिएज नाम गरेका किसानले पालेको बाख्राले मानिसको बच्चाको जस्तै हुबहु मिल्ने अनुहार भएको बच्चा जन्माएपछि चौतर्फी यसको चर्चा सुरु भएको छ ।

जुन बच्चालाई हेर्नेको अहिले भिड नै लागेको छ । मानिसको बच्चाको जस्तो हुलिया भएपनि बाख्राको पाठाको अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस