चुरोटको धुँवा भन्दा अगरबत्तीको धुँवा खतरनाक, ब्रेन ट्युमर र ब्रेन क्यान्सरको खतरा

लण्डन । हाम्रो धर्म र संस्कारमा अगरबत्तीको प्रयोग उल्लेखनीय रुपमा गरिन्छ । अगरबत्ती हजारौं वर्षदेखि प्रयोग गरिँदै आइएको छ । विशेष पूजाआजामा मात्र होइन, बिहान र बेलुका नियमितरुपमा अगरबत्ती सल्काउने अधिकांशको घरमा चलन नै हुन्छ ।

तर भर्खरै भएको एक नयाँ अनुसन्धानले अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा खतरनाक हुने तथ्य पत्ता लगाएको छ । साउथ चीन युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको एउटा नयाँ शोधका अनुसार अगरबत्तीको धुँवा पनि चुरोटको धुँवाभन्दा अगरबत्तीको धुँवा अझ खतरनाक हुने पत्ता खबरले मानिसहरु अचम्भित भएका छन् ।

‘अगरबत्तीको धुप बाल्दा निस्कने धुँवाले ब्रेन ट्यूमर र क्यान्सर हुने खतरा बढ्दछ,’ शोधको निष्कर्षमा भनिएको छ । शोधकर्ताहरुले अगरबत्तीको धुपमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धुँवाबाट शरीरमा जलन हुने र क्यान्सरसम्म हुनसक्ने बताएका छन् ।

ब्रिटिश लङ्ग फाउन्डेसनका चिकित्सकीय सल्लाहकार डाक्टर निक रोबिन्सनले अध्ययनमाथि टिप्पणी गर्दै भनेका छन्, ‘धुपसहित कैयौं प्रकारका अगरबत्तीको धुँवा विषालु हुनसक्छ ।’

यद्यपि, यो अध्ययन सानो परिणाममाथि गरिएको थियो । चार वटा अगरबत्ती र एक चुरोटमा गरिएको तुलनात्मक अध्ययनबाट यस्तो निष्कर्ष निकालिएकोले यसलाई सहजै सामान्यीकरण भने गर्न सकिँदैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस