युवतीको यस्तो धन्धा! केटालाई बिहे गर्छु भनेर बोलाउँदै, जोगी बनाएर पठाउँदै

काठमाण्डौं । बिवाह एक पवित्र नाता हो भनिन्छ । तर यसको दुरुपयोग गर्दै केहीले पैसा कमाउने माध्यम समेत बनाएका छन् । कतिपय अवस्थामा महिला समेत यो मामिलामा अगाडि रहेको पाइएको छ ।

भारत बिहार राज्यको कैमूर जिल्लामा, पुलिसले दुई जना महिलालाई पक्राउ गरेको छ जसले विवाहको नाटक गरेर युवाहरूलाई आफ्नो जा’लमा पारेर सबै सम्पति लु’टेर लिन्थिन् । पछि केटोलाई लाई भगा’उन कु’ट्ने पनि गरिन्थ्यो । अचम्म लाग्दो कुरा के छ भने ती युवती जो युवालाई बिहे गर्न बोलाउँथिन् उनी तीन बच्चाकी आमा हुन् ।

पछिल्लो पटक यूपीको शाहजहाँपुरको सोनू यी महिलाको जा’लमा परे । सुरुमा फोनमा कुराकानी भयो, अनि बिवाहको कुरा तय भयो । युवतीले सोनूका काका काकीलाई पनि भेट गरिन् ।

सोनुलाई ती केटी मन पर्यो । सोनूकी आमाले कपडा किन्न भारु १४ हजार दिएकी थिइन् जुन ती केटीले लिएर गइन् । केटी पैसा लिएर हरा’एपछि सोनूले प्रहरीमा गुनासो गरे । पुलिसले ती युवतीलाई पक्राउ गर्यो । धनपति नामकी ती युवतीले प्रहरीलाई आफू जरुरी कामले आफ्नो माइती घर गएको र लकडाउनले गर्दा उतै बस्नु परेको बताइन् ।

भारतीय मिडिया आजतकमा छापिएको समाचार अनुसार, उनी त्यहाँ पसल गर्दछिन् । उनले बताइन् की यो सबै उनकी सौतेनी आमाको योजना अनुसार गरिएको हो । सौतेनी आमाको योजना अनुसार आफूले केटासँग पैसा लिएर आएको र दुईले बाँडेको उनले बताइन् । तर उनको यो पहिलो घटना भने थिएन ।

नयाँ केटाहरु सँग चिनजान गर्ने, बिवाह गर्ने योजना बनाउने र केटोको पैसा लिएर अलप हुने उनको पुरानै ध’न्धा भएको प्रहरीले पत्ता लगाएको छ ।

उक्त घटनाको बारेमा जानकारी दिँदै कैमूरका एसपी दिल्नावज अहमदले भने कि उनीहरूले बिहे गरेको नाटक गरेर युवकलाई लु’ट्ने गिरोहको बारेमा जानकारी छ । यस गिरोहका दुई महिला पक्राऊ परेका छन् ।

दुवैलाई सोधपुछ पछि जे’ल पठाइनेछ । आरोपित महिला, जो तीन बच्चाहरूको आमा थिइन्, उनी आफ्नो सौतेनी आमासँगै यस काममा धेरै पहिले संलग्न थिइन् ।

उनीहरूलाई सोधपुछ गरेपछि प्रहरीले दुई महिलालाई जे’ल पठाउने तयारी गरिरहेको छ। यूपीको शाहजहाँपुरको सोनू यी महिलाको जा’लमा परे । उनले प्रहरीलाई भने कि यी महिलाहरू उनीसँग विवाहको बहानामा फोन गरेर आएका थिए ।

उनलाई पछिल्लो दुई तीन महिना देखि कल गरिएको थियो । विवाह हुनुभन्दा अघि ती केटा केटी हेराहेर गर्न उनीहरु सोनूको घर गएका थिए । सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस