हातखु’ट्टा घिसार्दै जी’न्दगी ल’तार्ने शा’रदाको संघर्ष – कस्ले सुनिदेला, कस्ले बुझिदेला ? एकपटक अवस्य पढ़िदिनुहोला”

शारदा शर्मा – आज भन्दा ७ बर्ष अगाडि ! तत्कालीन जिल्ला विकास समिति रुकुमको प्राङ्गणमा केटीहरुको भिडभाडको बिचमा देखिएको एउटा विचित्रको दृश्यले मेरो ध्यान तान्यो । दुबै हात जमिनमा टेकेर पुरै शरीर लतार्दै, घिर्सिदै हिड्ने मानिसको त्यो अवस्थाले मेरो मात्र हैन धेरैको ध्यान खिचिरहेको थियो । असह्य शा रिरीक पी डा बोकेर शरीरलाई ढुंगा र माटोमा लतार्ने भविष्यका सूनौला सपना बोकेर जिल्ला सदरमुकाम मुसिकोट आएकी थिईन,उनी अर्थात २६ बर्षीया शारदा शर्मा ।

करिब ४० किलोमिटर जंगल र भिरको बाटो खुट्टाका घुँडा र हातका पन्जाले थिचोल्दै जिल्ला विकास समिति रुकुममा आईपुगेकि थिईन उनी । त्यतिबेला जिविसमा महिलाहरूको लागि निःशुल्क खरीदार पदको टिउसन पढ्नेहरुको लागि प्रवेश परिक्षा हुदै थियो । त्यसैमा सहभागी हुन अशक्त शरिर घिसार्दै अत्यन्तै कष्टका साथ निकै टाढा रहेको पश्चिम खोलागाउँवाट मुसिकोट खंलगा पुगेकि रहेछिन शारदा ।

जिविसकै प्रांगनमा आएको बेला उनीलाई एउटा फोन आयो । फोनमा पाएको सान्त्वना र ढाडसले शारदाको मुहार अलि परिवर्तन भयो । बुझदै जाँदा त्यो फोन गर्ने तत्कालीन रुकुम जिल्लाका प्रहरी प्रमुख डिएसपि हाल एसपि किसन सिह थापा हुनुहुँदो रहेछ ।मेरो सोधिखोजी पछि डिएसपी थापाले मलाई उक्त शारदा बहिनिको बारेमा सबै बताउनुभयो । बेला बेला उनलाई पढाई खर्च समेत सहयोग गर्दै आउनु भएका थापाको समन्वयमा शारदा सग मैले भेट गरे । म त्यति बेला अन्नपूर्ण राष्ट्रिय दैनिक र दि हिमालयन टाइम्समा संवाददाता थिए । मैले उनको संघर्षबारे स्टोरि तयार गरेर प्रकाशनका लागि पठाए । स्टोरी छापिए पछि विभिन्न ठाउँवाट आएको रकमले उनलाई केही सहयोग पनि भयो ।

हाल काठमाडौ शारदा
हात खुट्टा जमिनमा घिसार्दै जिन्दगीमा सरकारी सेवा गर्ने लगायतका अरु थुप्रै जीन्दगीका सपनाहरु लिएर संघर्ष गरिरहेकी उनका लोभलाग्दो रहरहरु सुनाईन । कति हो कति पीडा मनमा थिए होलान, दुबै खुट्टाले काम गदैनन् । उनि जन्मजात अपांग हुन । तर पनि अदम्य शाहसका साथ उनले गरेका संर्घषहरु कयौँ युवाहरुका लागि प्रेरणादायी थिए ।जन्मजात दुवै खुट्टा नचलेपछि शारदालाई हिडन नमिल्दो रहेछ । दुई हातमा चप्पल लगाएर हात खुट्टा टेक्दै दुई दिन लगाएर भविस्यको खोजी गदै कहिले सदरमुकाम र कहिले घर, कहिले गाविस कार्यालय ! लोकसेवाको परीक्षाका लागि कहिले दाङ कहिले काठमाडौ ।

प्रतिक्रिया दिनुहोस