बिहेमा दुलहीले लगाइन् डिजाइनर मास्क, आइडिया दिएको भन्दै चौतर्फी वाहवाही……

काठमाडौँ। संसारभरी फैलिसकेको कोरोनाभाइरसका कारण थुप्रै विवाह रोकिएका छन् । तर आजकाल भारतको असममा भएको एउटा विवाहको तस्बिर चर्चाको केन्द्र बनेको छ । यहाँ विवाहका बेला दुलहीले कोरोनाबाट बच्नका लागि एक कलात्मक तरिका खोजेकी छिन् जुन धेरैलाई मन परेको छ । बजारमा विभिन्न प्रकारको मास्क पाइन्छन् तर यी निकै सामान्य हुन्छन् । यस्तोमा विवाहजस्तो विशेष मौकाका लागि विशेष मास्क बन्न थालेका छन् । दुलाहा दुलहीले लगाएको डिजाइनर मास्क

हालै, असममा भएको विवाहमा दुलहा–दुलहीले विवाहमा डिजाइर मास्क लगाएका छन् । दुलहाको मास्क डिजाइनर भएपनि साधारण देखिन्छ भने दुलहीको मास्कमा निकै सुन्दर एम्ब्रोइडरी गरिएको थियो । यो मास्क बनाउने डिजाइनर नन्दिनी बोराकाकटीले आफूहरुले सर्जिकल मास्क स्वास्थ्यकर्मीका लागि सर्वसाधारणले कपडाले बनेको मास्क लगाउनुपर्छ भन्ने सन्देश दिन चाहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस