के तपाई सुतेको बेला मुखबाट र्याल निस्किन्छ ?अब यसरी पाउनुहोस् छुट्कारा

उठेको समयको तुलनामा सुतेको समयमा बढी र्याल आउने समस्या हुने गर्छ । सुतेको समयमा मुखबाट श्वास लिँदा र्याल आउने समस्या हुने गर्छ। र्याल बन्नुको धेरै कारणहरू हुने गर्छ, जस्तै:- खानाको कारण एलर्जी हुनु वा केहि औषधीको कारणले अधिक र्यालको निर्माण हुने गर्छ । यदि सुतेको समयमा र्याल बन्ने समस्याबाट तपाई चिन्तित हुनुहुन्छ, भने यी उपायहरू अपनाई तपाई यस समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ ।

-मुखबाट र्याल बग्ने समस्या छ भने ढिलो पच्ने खानाको सेवन गर्न बाट बँच्नु पर्ने र पेट सफा राख्नु पर्दछ । यस्तो अवस्थामा तपाईले २/३ तुलसीको पातलाई चपाउनुहोस् र थोरै पनि पिउनुहोस् । दिनमा तीन चार पटक यसो गर्नाले र्याल आउने समस्या बाट छुटकारा पाउन सक्नुहुन्छ ।

-सुतेको समयमा र्याल बग्ने समस्याले तपाई लज्जित बन्नु पर्ने हुन्छ । त्यसका लागि तपाईले फिटकरीमा पानी मिलाएर कुल्ला गर्न सक्नुहुन्छ, जसले तपाईको र्याल आउने समस्या कम गर्छ ।

-दालचिनीको सेवन र्याल बग्ने समस्याको उपचारको लागि महत्वपूर्ण हुन्छ । यसको लागि दालचिनीलाई पानीमा हालेर राम्रो सँग उमाल्ने र यसलाई छानेर मह सँग मिलाएर खानुहोस् । यसले तपाईको र्याल बग्ने समस्याबाट छुटकारा दिन्छ।

– खाना खाइसकेपछि तुरुन्त मनतातो पानीको साथमा अमला पाउडर खाँदा र्याल बग्ने समस्याको लागि धेरै नै फाइदायुक्त हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस