हाँस्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती दुवै जनालाई कोरोना !

काठमाडौँ – वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। मंगलबार आचार्य र उनकी श्रीमतीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

आफू र श्रीमती रमिला पाठकलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको उनले सामाजिक संजाल मार्फत जानकारी गराएका छन्। सोमबार गरिएको परीक्षणको रिपोर्ट आज आएको र रिपोर्टले कोरोना पोजेटिभ देखाएको उनको भनाई छ।
“सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो ।”,जानकारी गराउंदै फेसबुकमा उनले लेखेका छन्।

वरिष्ठ हाँस्यकलाकार आचार्यले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् भने आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई निर्धारित समयमा परीक्षण गराउन अनुरोध पनि गरेका छन्।

कोरोना पुष्टि पश्चात आचार्यले फेसबुकमा यसो लेखेका छन् –सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला ।

यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस