खुट्टाले हवाइजहाज चलाउने पाइलट नेपाल आउँदै

काठमाडौ । खुट्टाले हवाइजहाज चलाएर विश्वभर चर्चामा रहेकी जेसिका कक्स नेपाल आउने भएकी छिन् । खुट्टाले हवाई जहाज चलाएर पहिलो महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी अमेरिकाकी जेसिका कक्स भदौ १६ गतेदेखि ४ दिनका लागी नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

३४ बर्षीया जेसिका कक्स तेक्वाण्डेकी ब्लाकवेल्ट होल्डर पनि हुन । ह्याण्डीक्याप इन्टरनेशनलकी सदभावना राजदूतको रुपमा कक्स नेपाल भ्रमणमा आउन लागेको बताइएको छ । कक्सले इथियोपिया,फिलिपिन्स र नेपालको भ्रमण गर्न लागेकी हुन ।

शारिरीक रुपमा अस्वस्थ रहेकाहरुको वास्तविकता बुझन,उनीहरुका बारेमा भइरहेको काम र विकासोन्मुख मुलुकमा उनीहरुका लागि गर्न सकिने कामका बारेमा कक्स नेपाल आउन लागेकी हुन । अरिजोना बिश्लबिद्यालयबाट सन २००५ मा मनोबिज्ञानमा स्नातक गरेकी कक्स पाइलट बन्न सफल भएकी उनी सन २००८ मा पाइलट बनेकी हुन ।

प्रतिक्रिया दिनुहोस