५ महिनाकी गर्भवती बालिकासँग धुमधामका साथ विवाह सम्पन्न बन्यो भाइरल

एजेन्सी । ५ महिनाकी गर्भवती बालिकासँग धुमधामका साथ विवाह सम्पन्न भएको छ । घटना हो चीनको हेनान प्रान्तको ।

जहाँकी एक गर्भवती बालिका र उनको बालप्रेमीबीच सम्पन्न विवाहको भिडियो अहिले चिनियाँ सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

पाँच महिनाकी गर्भवती ती बालिकाले आफ्नै उमेरका १३ वर्षीय प्रेमीसँग परम्परागत रूपमा विवाह गरेको भिडियो सामाजिक संजालमा आएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

चीनको कानुनअनुसार विवाह गर्न महिला २० वर्ष तथा पुरुष २२ वर्षको हुनुपर्ने भए पनि कानुन विपरित गरिएको विबाहलाई समाजले भने मान्यता दिएको छ ।

प्रतिक्रिया दिनुहोस