यी १० लक्षण देखाए बुझ्नुहोस् उसमा तपाईप्रति इच्छा जागेको छ

एजेन्सि,मनोविज्ञान मानिसहरुको चाल बुझ्ने शास्त्र हो । यही शास्त्रका आधारमा पत्ता लागेका कतिपय कुराहरुले जीवन सहज बनाएको छ । मनोविज्ञानले युवा युवतीले एक अर्कालाई मन पराएको पत्ता दिने तरिका पत्ता लगाएको छ ।

आफूले मन पराएको केटी रोज्ने र उनैसँग जीवन बिताउने सपना प्राय सबै छोरा मान्छेले देखेकै हुन्छन् । केटाले सकेसम्म केटीलाई आफूतिर आकर्षित गर्न आफ्ना कुरा गर्ने तरिका तथा आफू प्रस्तुत हुने तरिकाका बारेमा सजग हुनु जरूरी हुन्छ ।

भनिन्छ, महिलालाई चिन्नु असम्भव जस्तै कुरा हो । महिलाका सबै लक्षण तथा प्रतिक्रियाहरु अ’विश्वसनीय तथा दु’र्वोध्य हुन्छन्, जसलाई खुट्याउनै सकिन्न भन्छन् मनोविज्ञहरु । त्यसोभए महिलाको भावनालाई कसरी बुझ्ने त ? कोही केटीले आफुलाई मन पराइरहेको छ भन्ने कुरा कसरी थाहा पाउने रु मनोविज्ञहरुका अनुसार यस्ता केही लक्षणहरु छन् जसका आधारमा महिला आफुप्रति नतमस्तक भएको कुरा पुरुषले ठम्याउन सक्छन् । केटीले तपाईंलाई मन पराएको थाहा पाउने लक्षणहरु यस प्रकार छन् ।

१, तुरुन्त प्रतिक्रिया दिएमा कुने केटीले यदि तपाइँको मोबाइल म्यासेज, इमेल, ट्विट तथा फेसबुक म्यासेजको तत्कालै जवाफ दिन्छिन् । तपाइँको फोन कललाई बेवास्ता गर्दिनन् र फोन उठाउन नपाएमा माफी माग्दै लामो म्यासेज पठाउँछिन् भने बुझ्नुहोस् तपाइँले उनको मन पगालिसक्नुभएको छ ।

२, असल मान्छेसँग तुलना यदि उनले कोही निकै राम्रो मान्छेसँग तपाइँलाई तुलना गर्छिन् भने वा कुनै असल मान्छेसँग तुलना गर्दै त्यो मान्छे ठ्याक्कै तपाइँजस्तै छ भन्ने गर्छिन् भने ढुक्क हुनुहोस्, तपाइँ उनको मनमा बसिसक्नुभएको छ ।

३, केटीका साथीहरुले तपाइँलाई साथी बनाउन खोजेमा यदि कुनै केटीले तपाइँलाई मन पराइन् भने त्यो उनका साथीहरुलाई थाहा हुन्छ । त्यसपछि ती केटीका साथीहरुले पनि तपाइँलाई साथी बनाउन थाल्छन्, भेटेर होस् वा सोसल साइट मार्फत होस् । तर उनले आफ्ना केटी साथीहरुलाई तपाइँसँग पाँच मिनेटभन्दा बढि कुरा गर्न भने दिनेछैनिन् । उनका साथीहरु आफुसँग नजिकिए भने बुझ्नुहोस् की तपाइँलाई उनले मन पराइसकिछिन् ।

४, हात वा जिउ समाउन खोजेमा चाहे तपाइँ कुनै रेष्टुरेन्टमा बसिरहेका होस् वा बाटोमा हिँडिरहेको होस् उनी तपाइँसँग निकै नजिक आउँछिन् र हात वा जिउ समाउन खोज्छिन् ।

५, जतिखेर पनि फोन उठाएमा मध्य दिन होस् वा मध्यरात । खाए पिएको समय जे होस् । यदि तपाइँले फोन गर्नुभयो भने उनले जवाफ दिइहाल्छिन् । उनी भोलि बिहान छिट्टै नउठी नहुने छ तर पनि रातभर तपाइँसँग फोनमा कुरा गर्न तयार हुन्छिन् भने त्यसले संकेत गर्छ की तपाइँलाई उनले माया गर्छिन् ।

६, भूपु प्रेमिकाहरुका बारेमा जान्न चाहेम उनले तपाइँका भूपु प्रेमिकाहरुका बारेमा हरेक कुरा जान्न चाहन्छिन् । जसका कारण उनले तपाइँका मनपसन्द कुराहरु थाहा पाउन सकुन् । तर उनले ती भुपु प्रेमिकाहरुको बद्ख्वाइँ गरिरहन्छिन् । उनीहरुको बारेमा कुरा झिकिरहन्छिन् र भन्छिन्, ‘उनीहरुलाई छाड्नाले तपाइँको जिवन राम्रो भयो ।’

प्रतिक्रिया दिनुहोस