बाबु मृत्यु पछिको मलामी जाँदा ४ छोरीहरु हाँस्दै दिल खोलेर नाचे, मलामीहरुले हाँस्दै गाउँदै बाजा बजाए

एजेन्सी – भारतका एक चर्चित उद्योगपतिको अन्तिम यात्रामा निकै उत्साहित माहोल देखियो । भारतको नयाँ दिल्लीनजिकै नोएडामा उद्योगपति तथा नोएडा इन्टरप्रेनर्स एसोसिएसनका पूर्व अध्यक्ष हरिभाइ लालवानीको एउटै इच्छा थियो मरेपछि धुमधामका साथ अन्त्यष्टि गरियोस् ।

उनका छोरीहरुले लालवानीको इच्छा अनुसार नै उत्सव मनाएर उनको अन्त्यष्टीका लागी मसानघाटतर्फ गएको देख्दा सबैजना चकित परे ।लालवानीले जसरी बच्चा जन्मिँदा उत्सव मनाइन्छ त्यसरी नै उनको मृत्युमा पनि उत्सव होस् भन्ने भनाई सँधै भनिरहने हुनाले आफ्नो अन्त्यष्टिमा पनि सोही कुरा दोहोर्याउने उनको इच्छा थियो । ब्रेनस्ट्रोकका कारण लालवानीको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस