विवाह भएको ६ दिनपछि नै श्री श्रीमान्ले आफ्नो पत्नीको विवाह उनका प्रेमीसँग गराइदिए र यस्तो आर्शिवाद दिए

एजेन्सी । विवाह भएको ६ दिनपछि एक पतिले आफ्नी पतिनको विबाह उनका प्रेमीसँग गराइदिएका छन् । घटना हो भारतको ओडिसा राज्यको पालमारा गाउँको ।

जहाँका २८ वर्षीय वासुदीप टपुले झारसुगुडा गाउँकी २४ वर्षीया युवतीसँग मागी विवाह गरेका थिए । बासुदेवको विवाह भएको ६ दिन मात्र नबित्दै पत्नीको विवाह उनको प्रेमीसँग गरिदिएपछि भने अब तीनै जना खुसी हुनेछन् ।

आफ्नी श्रीमती अर्को पुरुषसँग प्रेममा भएको रहस्य खुले लगत्तै उक्त गायँका बाििसन्दाले दुलहीलाई एक्लै ‘अज्ञात’ पुरुषसँग देखेपछि उनीहरु आएर ती युवकलाई पिट्न थाले । भीडले युवकलाई पिट्न थालेपछि ती दुलहीले पनि उनी आफ्नो भाई नभएर प्रेमी भएको स्वीकार गरिन् ।

उनले आफ्नो प्रेमलाई परिवारले स्वीकार नगरेको कारण दबाबमा वासुदीपसँग विवाह गर्नुपरेको बताइन् । तर २८ वर्षीय वासुदीपले उनको प्रेमको सम्मान गर्दै विबाह गरिदिए र खुशी भएर बाँच्न आर्शिवाद दिए ।

प्रतिक्रिया दिनुहोस