रातमा पुरुष दिनमा महिला

दुनियाँमा आश्चर्य लाग्दा धेरै प्रकारका मानिसहरु छन् । आज हामी एक यस्तो जोडीको बारेमा बताउन चाहान्छौ जो जुम्ल्याहा जस्ता देखिन्छन् । उनीहरु न त जुम्ल्याहा दाजु भाई हुन् न त जूम्ल्याहा दिदी बहिनी हुन् । उनीहरु त जुम्ल्याहा पति पत्नी हुन् ।

आश्चर्य लाग्दा कुरा त के हो भो यी पति पत्नीको अनुहार उस्तै देखिन्छ । उस्तै उस्ते भएकै कारण देशभर चर्चा हुने गरेको छ । पतिको नाम अलीना र पत्नीको नाम अलीसा हो । दुवैजना रुसका हुन् । अलीना र अलीसा कैयौपटक घर भन्दा बाहिर निक्लँदा उनीहरुलाई फरक छुट्टाउन जो कसैलाई पनि धेरै मुस्किल पर्छ । अझ मानिसहरुलाई झुक्याउनको लागि उस्तै कपडा लगाएर बाहिर निस्कन्छन् ।

उनीहरुको सबै क्रियाकलापले दुई जना पति र पत्नी हुन् भनेर कसैले अनुमान लगाउन सक्दैन । समाचार अनुसार उनीहरुको प्रेम विवाह भएको हो । विवाह हुनु भन्दा पहिले दुवैले एक अर्कालाई निकै मन पराउथे । तर एक आश्चर्यको कुरा चाँही के हो भने अलीना एक बेशक पुरुष हुन्, तर उनी हेर्दा महिला जस्तो देखिन्छन् । अलीना र अलीसको यो जोडी उनीहरुको पुरै एरियामा धेरै चर्चित भएका छन् ।

दुवैले एक अर्कालाई माया गर्छन् । दुवैको बारेमा जो कसैले पनि एकपटक धोका खाने गर्छ । सबैभन्दा पहिला २०१६ मा अलीना र अलीसाको फोटो भाइरल भएको थियो । तर त्यसपछि भने उनीहरुको फोटो बाहिर आएको छैन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस