पृथ्वीबाट लोप भईसकेको डाइनोसरको १७ करोड वर्ष पुरानो पाइला भेटिएपछि यसो भन्छन् बैज्ञानिक, पाइला देखेर सबै छक्क

एजेन्सी । १७ करोड वर्ष पुरानो डाइनोसरको पाइला भेटिएको छ । पृथ्वीबाट लोप भईसकेको यो अनौठो जिवको पाइला स्कटल्लाण्डको स्काई टापुमा भेटिएको हो । यो पाइला मध्य–जुरासिक समयको भएको अनुमान गरिएको छ ।

वैज्ञानिकहरुले उक्त पाइला १७ करोड वर्ष पुरानो मानिएको यी दजनौं डाइनोसरको पदचिन्हहरुको आविष्कारको अन्तर्राष्ट्रिय महत्व रहेको छ किनकी मध्य–जुरासिक युगको थोरै मात्रै अवशेषहरु भएको बताएका छन् ।

यो अध्ययनमा सहभागी तीन शैक्षिक सस्थाहरु मध्य एक एडिनबर्ग विश्वविद्यालयका अनुसार मध्य–जुरासिक युग डाइनोसरको उद्विकासमा महत्वपूर्ण समय थियो ।

एडिनवर्ग विश्वविद्यालयका प्रध्यापनक डा। स्टीभ ब्रुसटले विश्वविद्यालयको वेबसाइटमा लेख्दै भनेका छन् “हामीले ‘आइल्स अफ स्काई’मा जति धेरै अध्ययन ग¥यौ त्यतिनै बढी डाइनोसरको पदचिन्ह पायौँ ।

लामो समयको मौसमको असरले पारेको असरले डाइनोसरको पदचिन्ह पहिचान गर्न कठिन भएको समय उनले वेबसाइटमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस