महिनावारी भएको बेला महिला कामदारलाइ तिनदिन बिदा सहित तलव दिने सरकारको तयारी

एजेन्सी – सरकारले कामकाजमा रहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । सरकारले महिनावारीका समयमा महिलाहरुलार्इ तीन दिन विदा दिने तयारी गरेकाे हाे । तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएकाे बताइएकाे छ । उक्त विधेयक पास भएमा सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको समयमा तीन दिन तलब सहितको विदा दिनुपर्नेछ ।

व्यवसायिक एवं कामकाजी महिलाका संघसंस्थाहरुले उक्त विधेयककाे स्वागत गरेका छन् भने स्थानीय सञ्चार माध्यमहरुले सरकारको कदमको खुलेरै प्रशंसा गरेका छन् । लोककल्याणकारी शासन व्यवस्था भएका विश्वका धेरै मुलुकहरुले महिलालाई ६ महिना सुत्केरी विदा दिँदै आएका छन् ।

इटालीले भने त्योभन्दा अघि बढ्दै महिलाहरुलाई महिनावारी विदाको कानून ल्याउने तयारीमा लागेको हो । गत मार्च १३ मा सत्तारुढ डेमोक्रेटिक पार्टीका महिला सांसदहरुले संसदमा दर्ता गराएको उक्त बिदा सम्वन्धि विधेयक आगामी महिना पारित हुने अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । चीनका केही प्रान्त, जापान, दक्षिण कोरिया लगायतका केहि मुलुकहरुले यसअघि नै आफ्ना महिला कामदारका लागि महिनावारीमा विदा दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस