बिहे सकिएपछि बेहुलीले बेहुलाको घर जान अस्विकार गरिन्, बेहुला र बेहुली पक्षबिच हात हालाहाल

काठमाडौं । १ सय रुपैयाँ दक्षिणाको विबादले एउटा सकिनै लागेको विबाहमा हंगामा मच्चिएको छ । घटना हो भारतको । जहाँ १ सय भारु दक्षिणाको विवादमा बिहे नै टुटेको खबर आजतकल लेखेको छ । भारतको उत्तर प्रदेशको मेरठमा दक्षिणाको १ सय भारुका विषयमा विवाद सुरु भएपछि घटनाले उग्र रुप लियो ।

विवाद यति धेरै बढ्यो की बेहुलीले बेहुलासँग जान अस्विकार गरिन् र अन्ततः बेहुला र बेहुली दुबैले सम्पन्न भैसकेको विवाह भंग गर्ने निर्णय गरे । घटनामा हात हालाहालको अवस्था समेत उब्जियो । मेरठको टोपीनगर इलाकामा विवाह कार्यक्रमको आयोजना भएकोमा आफन्त र परिवारका सबैको उपस्थिती भएकामा बेहुला पक्षले फेर लगाउने मन्त्रोच्चारणका लागि आफ्नो पण्डित नल्याएको भन्दै झगडा सुरु भयो ।

बेहुली पक्षकै पण्डितले नै बेहुला पक्षको तर्फबाट फेर लगाउने मन्त्रोच्चारण गराइदिने भएपछि बेहुला पक्षले दक्षिणाको रुपमा केवल १ सय भारु मात्र दिएपछि बेहुलीले घर जान अस्विकार गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस