दुई दुलहीका एक दुलहा, बेहुलीका बा आमा भन्छन् ‘हामीलाई गैर कानुनी हो भन्ने थाहै थिएन’

एजेन्सी । महाराष्ट्र राज्यमा पर्ने कोटग्याल गाउँ पछिल्लो केही दिनयता निकै चर्चामा छ। चर्चाको विषय हो मे ५ मा भएको एउटा बिहे जसमा दुलहा एकजना तर उनका लागि दुलही दुईजना थिए।दुलहीहरू धुरपता र राजश्री शिरगिरे दिदीबहिनी हुन् जोसँग साइनाथ उरेकरले बिहे गरेका हुन्।हाम्रो कार कोटग्याल गाउँ पुग्दा दिउँसोको २ बजेको थियो।

दुलहादुलही
हामीले बिहेबारे सोध्दा उनीहरूले भने, “जे भयो राम्रो भयो। तपाईँ यो विषयमा कुरै नगर्नू।”दुलहीका आमाबुवा कता हुनुहुन्छ भन्ने हाम्रो प्रश्नमा जवाफ आयो, “उहाँहरू बाहिर जानुभएको छ र दुलहा-दुलही पूजा गर्न जानुभएको छ। चार-पाँच दिनपछि उहाँहरू फर्किनुहुन्छ।”तीन घण्टा लामो प्रयत्न गरे पनि कुनै पनि कुरा बताउन कोही राजी भएनन्।अन्त्यमा साढे ५ बजेतिर दुलहीहरूको काकाका छोरा प्रकाश शिरगिरे हामीसँग कुरा गर्न तयार भए। उनले भने, “उनीहरूको संसार शुरू हुनुभन्दा पहिले नउजाडियोस् भनेर हामीलाई डर लाग्छ। एउटै केटासँग दुईजनाको बिहे गर्नु गैरकानूनी हो भन्ने कुरा हामीलाई थाहा थिएन। छोरीहरूको खुशी चिताएरै काकाले एउटै केटासँग बिहे गराएका हुन्।” साइनाथ उरेकर धुरपता र राजश्रीकी फुपूका छोरा हुन्।

प्रकाश शिरगिरे
प्रकाश शिरगिरेले भने, “धुरपता बाल्यकालदेखि सुस्त मनस्थितिकी छन् र बिरामी भइरहिन्छन्। उपचार गराउँदा पनि केही भएन।”“साइनाथ बाल्यकालदेखि राजश्री र धुरपतासँगै हुर्किएका हुन्। धुरपता सुस्त मनस्थितिको भएको थाहा हुँदा-हुँदै ऊ बिहे गर्न तयार भयो। र, उनीहरूले नयाँ जीवनको शुरूवात गरिसकेका छन्।”प्रकाशसँग कुरा गरिरहँदा छेउमा उभिएका मानिसहरूले हामीलाई फर्किन भनिरहेका थिए।

समस्या
त्यहीबेला दुलहा र दुलहीका आमा आइपुगेको एकजनाले इशारा गरेपछि हामी उनीहरूतिर गयौँ। हामीले सोध्नुअघि नै उनीहरूले भने, “हामीलाई थाहा छैन यो गलत हो अथवा सही तर हामी सबै खुशी छौँ।”हामीलाई यति भनेर उनीहरू गइहाले। साँझको ६ बजिसकेको थियो। यसबीचमा हामीले थाहा पायौँ कि दुलहा र दुलहीहरू बाहिर नभइ दुलहाको गाउँ समराला गएका रहेछन्। नेपाल समाचारपत्रमा खबर छ ।

दुलहा-दुलहीका आमादुलहा-दुलहीका आमा
हामीहरूले उनीहरूसँग सम्पर्क गर्न खोज्यौँ। सबैभन्दा पहिले हामीले कान्छी बहिनी राजश्रीसँग कुरा गर्यौँ।उनले भनिन्, “दिदी सुस्त मनस्थितिको हुनुहुन्छ। जसका कारण उहाँको बिहे हुन समस्या भइरहेको थियो। कोही पनि बिहे गर्न तयार थिएन।”मेरो चाहना थियो मेरो भन्दा पहिले दिदीको बिहे होओस्, साइनाथसँग मेरो बिहेको कुरा चल्दा मैले मेरो चाहनाबारे उनलाई पनि बताएँ। उनी हामी दिदीबहिनीसँग बिहे गर्न तयार भए। र, अहिले हामी तीनै जनाको संसार बसिसकेको छ।”राजश्रीसँग कुरा गरेपछि हामीले साइनाथसँग पनि कुरा गर्‍यौँ। उनले भने, “राजश्री मेरो मामाकी छोरी हुन्, म उसैको घरमा हुर्किएको हुँ। राजश्री र उसको परिवारका सदस्यले दुवै जनासँग बिहे गर्न सक्ने वा नसक्नेबारे मलाई सोधेपछि मैले सक्छु भनेँ अनि हाम्रो बिहे भयो।”

प्रतिक्रिया दिनुहोस