खुशीको खबर : सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो, ८ पासले पनि आवेदन दिन पाउने, ( हेर्नुस् विज्ञापनसहित)

सशस्त्र प्रहरी बलले जवान पदमा दरखास्त खोलेको छ ।

सशस्त्र प्रहरी बलले साधारण समूह, साधारण उपसमूह तर्फ जवान पदमा १ हजार ८ सय ३३ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

सशस्त्रले खुलातर्फ ८ सय ८८, अमर/अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्ततितर्फ २० जनाका लागि दरखास्त आह्वान गरेको छ । यस्तै, समावेशीअन्तर्गत महिला १ सय ६५, आदिबासी जनजाति २ सय ६४ जना, मधेसी २ सय ३१ जना, दलित १ सय २४ जना र पिछडिएको क्षेत्रका ४१ जना गरी १ हजार ८ सय ३३ जनाका लागि जवान पदमा दरखास्त आह्वान गरिएको हो ।

१८ वर्ष पूरा भइ २२ वर्ष ननाघेको नेपाली नागरिक (महिला/पुरुष)ले सशस्त्र प्रहरी बलको जवान पदका लागि दरखास्त दिन सक्ने छन् ।

जवान पदमा दरखास्त दिनका लागि कम्तिमा ८ कक्षा उत्तिर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरीको जवानमा दरखास्त दिन चाहने इच्छुक व्यक्तिले असोज २४ गते देखि कात्तिक २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस