आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? कारण थाहा पाउनु भयो भने तपाइँ पनि चकित पर्नु हुन्छ !

अमेरिकी किसानहरुले यसरी निकै डरलाग्दो गरी गाईको पेटमा प्वाल पार्ने गर्दछन । किन यसरी पसुलई दुख दिएका होलान यी अमेरिकनले भनेर बुझ्दै जाँदा यो त नयाँ र अचम्मको प्रविधि पो रहेछ ।

यसो गर्नुको कारण पनि बडो आस्चर्यलाग्दो नै छ। यो अनौठो र डरलाग्दो जिउँदो गाइकै पेटमा ठुलै प्वाल पर्नुको कारण गाईको आयु बढाउन र स्वास्थ्य जाँच गर्न सहज पर्न रहेछ ।

पशुबिज्ञ र वैज्ञानिकहरुका लागि गाईको स्वास्थ्य र भित्री भागको जाँच गर्न कठिन हुने हुँदा यो प्रविधि अपनाएर सहज पर्न यस्तो गरिएको रैछ। गाईको पेटमा यसरी प्वाल पारिसकेपछि एउटा पलास्टिकको रिङले यसलाई बन्द गरिन्छ । यो प्रक्रियाको मद्दतले वैज्ञानिकहरुले गाईको पाचन प्रक्रियाको बारेमा धेरै जानकारी सहज रुपमै प्राप्त गर्न सक्छन् ।

यसले मुख्यगरी गाईका लागि कुन खाना सबैभन्दा फाइदाजनक हुन्छ र पेटमा के-कस्ता ब्याक्टेरियाहरु छन् भनेर पनि पत्ता लगाउन सकिन्छ । गाईको शरीरमा यस्ता प्वाल जुन भागमा बनाइएको हुन्छ त्यसलाई रुमेन भनिन्छ ।

प्रतिक्रिया दिनुहोस