बिहान चाडै उठ्दा हुने चमत्कारिक फाइदा एकपटक हेर्नुहोस त !

अंग्रेजीमा एउटा प्रशिद्ध भनाई छ, ‘अर्ली टु बेड एन्ड अर्ली टु राइज, मेक अ मेन हेल्दी, वेल्दी एन्ड वाइज ।’ यसको अर्थ हो जो व्यक्ति बिहान चाडै उठ्छन्, राती चाडै सुत्छन् उनीहरु स्वस्थ हुन्छन् । बुद्धिजीवि हुन्छन् । र, उनीहरु धनी पनि हुन्छन् ।

के सुत्ने र उठ्ने यस्तो तालिकाले वास्वतमै स्वस्थ्य, बुद्धि र धन प्राप्त हुन्छ रु

इंल्यान्डमा बस्ने टिम पावेल बिहान चाडै उठ्न पटक्कै रुचाउँदैनन् । यद्यपि उनी सधै ६ बजेअघि उठ्छन् । उठेर जिम जान्छन् । त्यसपछि काममा जाने तयारी गर्छन् । बिहान ९ बजे काम सुरु हुनुअघि नै उनी अफिस पुगिसकेका हुन्छन् । उनी आफ्नो अफिसमा बनेको पार्कमा केहीबेर टहल्छन् ।
बिहिबारको दिन टिमको काम अरु चाडै सुरु हुन्छ । उनले ५ बजेर २० मिनेट जाँदा ओछ्यान छाडिसकेका हुन्छन् । यस दिन उनी आफ्नो काममा जानुअघि जर्मन भाषा पनि सिक्छन् ।

टिम दैनिक आधा घण्टा भरपुर श्रम गर्छन् । वसेर आरमसाथ नास्ता गर्छन् । केही समय पार्कमा टहल्छन् । जर्मन भाषा सिक्छन् । यी सम्पूर्ण काम उनी अफिस जानुअघि पुरा गर्छन् ।
टिम पावेल हरेक हप्ता ७० घण्टा काम गर्छन् । उनी इंल्यान्डको नाटिंघम शहरमा प्याटेन्ट सम्बन्धित वकिल हुन् । जागिरकै कारण उनले बिहान चाडै उठ्नुपर्छ । यदि त्यसो गरिएन भने उनले आफ्नो व्यक्तिगत जिन्दगीका लागि अरु काम गर्न भ्याउँदैनन् ।

बिहान चाडै उठ्ने बानी पार्न उनलाई निकै गाह्रो भयो । पहिले पहिले बिहान उठेपछि उनलाई अल्छी लाग्थ्यो । कति पटक त उनी उठेर फेरी सुतेका छन् । तर, नियमितको अभ्यासले बिहान उठ्ने बानी बस्यो । उनी भन्छन्, ‘तपाईं पहिलो दिन नै सगरमाथा चढ्छु भनेर सोच्न सक्नुहुन्न ।’

धेरै सफल व्यक्ति बिहान चाडै उठेर आफ्नो जरुरी काम, कुनै विना अ’वरोध पुरा गर्न रुचाउँछन् । विख्यात पत्रिका भोगकी सम्पादक अन्ना विन्टरको बारेमा त धेरैलाई थाहा छ कि, उनको दैनिकी बिहान ६ बजेबाट सुरु हुन्छ । काम सुरु गर्नु एक घण्टा अघि उनी टेनिस समेत खेल्छिन् ।

भुक्तभोगीहरुका अनुसार बिहान उठेपछि र कार्यलय पुग्नुअघिको समय निकै महत्वपूर्ण हुन्छ । यस अवधिमा त्यस्ता काम पुरा गर्न सकिन्छ जो व्यक्तिगत जीवनका लागि खास महत्व राख्छ । त्यो काम आफ्नो जागिरसँग जोडिएको नहुन सक्छ । जस्तो कि टिम पावेल जर्मन भाषा सिक्छन् र उनी स्वस्थ्य एवं तन्दुरुस्तीका लागि जिम जान्छन् ।

कतिपयले यस अवधिमा आफ्ना अधुरो पुस्तक पूर्ण गर्ने कोशिश गर्छन् । त्यसैगरी कतिपय मान्छेले यो खाली समय परिवारसँग बिताउने गर्छन् ।

अब प्रश्न उठ्छ कि बिहान चाडै उठ्ने बानी कसरी बसाउने

अष्ट्रेलियकाका पर्थ युनिभर्सिटीका प्रोफेसर मार्टिन हैगर भन्छन्, ‘तपाईंको दैनिक तालिका तपाईंको बानीमा निर्भर गर्छ ।’ मान्छेले आफ्नो बानीलाई कसरी का’बुमा राख्न सक्छन् भन्ने विषयमा उनले खोज÷अध्ययन गरिरहेका छन् । यसबाट उनले के थाहा पाएका छन् भने, यसका लागि मान्छेले प्रतिबद्ध भएर आफ्नो दैनिक तालिका तय गर्नुपर्नेछ । राती चाडै सुत्ने र बिहान चाडै उठ्नका लागि उनले सोही तालिका अनुरसण गर्नुपर्छ । यसरी बिहान चाडै उठेर मान्छेले आफ्नो व्यक्तिगत एवं महत्वपूर्ण काम पुरा गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस