सुहागरातको दिनमै पतिले यती सम्म गरे, बेहोस् भईन् नवविवाहिता श्रीमती, पाँच दिनदेखि बेहोस छिन्

बिहेको पहिलो रात नै श्रीमान्ले गरेको कुकर्मले नवविवाहित श्रीमतीको बेहाल भएको छ । यो घटना भारत उत्तर प्रदेशको हो । पिताको घरबाट खुसीसाथ बिदा भएर उनी आफ्नो घरमा पुगिन् । उनका माइतीलाई एउटै कुरामा सन्तोष थियो कि उनकी छोरीले राम्रो घरबार पाइन् । अब उनी घरमा सबैलाई रिझाएर बस्नेछिन् । तर परिवारको यो खुसी चकनाचुर हुन बेर लागेन ।

भारतको उत्तर प्रदेशको बागपतमा ती बेहुलीको बिहे ८ जुलाइका दिन भएको थियो । उनको बिहे बागपतकै सिंघावली हरि क्षेत्रमा भएको थियो । उनका पति बागपतमै शिक्षक छन् । ती बेहुलीका दाजुका अनुसार बिहेको भोलिपल्ट गोदभराइको रिवाज हुन्छ ।

यसका लागि ९ जुलाइका दिन उनी बहिनीलाई लिन गए । त्यहाँ उनकी बहिनीलाई सन्चो नभएको बताइयो । कोठामा उनकी बहिनी बेहोस थिइन् । परिवारले के भएको भन्नेबारे स्पष्ट जवाफ दिएनन् । त्यसपछि उनी बहिनीलाई लिएर धेरै अस्पतालमा गए तर डाक्टरले उपचार गर्न नसक्ने बताए ।

त्यसपछि दाजुले सुहागरातका दिन उनका पतिले नै यो सब गरेको किटानी जाहेरी दिएका छन् । यद्यपि यो सब उनले किन गरे भन्ने खुल्न सकेको छैन । पति फरार छन् र पत्नी अहिलेसम्म बेहोस छिन् जसका कारण त्यो रात के भएको थियो भन्ने बताउने कोही छैन । घटनाबारे यथार्थ थाहा पाउन पति पक्राउ पर्नुपर्ने वा पत्नी होसमा आउनुपर्ने अवस्था छ । प्रहरीले फरार पतिको खोजी गरिरहेको छ ।

पछि उनले बहिनीलाई लिएर गाजियाबादको मोहननगर अस्पतालमा लिएर गए । त्यहाँ जाँदा डाक्टरले निकै आश्चर्यजनक कुरा बताए । डाक्टरका अनुसार ती नवविवाहिताको गुप्तांगमा धारिलो रडले प्रमार गरिएको थियो । जसका कारण गुप्तांगमा गहिो चोट छ । पेटसमेत फटेको छ र गर्भाशयमा समेत गहिरो चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस