अष्ट्रेलियाकी मनोवैज्ञानिकको अनौठो क्षमता, भन्छिन् – गन्धले थाहा पाउँछु, को मर्दैछ भनेर

एजेन्सी । अष्ट्रेलियाकी एक २४ वर्षीया मनोवैज्ञानिक युवतीले आफूले कसको मृत्यु कहिले हुन्छ भनेर पत्ता लगाउन सक्ने दाबी गरेकी छिन् । अरी कला नामक ति महिलाले सुँघेर नै को चाँडै मर्ने अवस्थामा छ भनेर भन्न सक्ने बताएकी हुन् ।

अरीले बताएअनुसार उनलाई आफ्नो यो ‘सिक्स्थ सेन्स’को बारेमा करिव १२ वर्षको हुँदा थाहा भएको थियो । जब उनी सो समयमा एक आफन्तलाई भेट्न पुगेकी थिइन्, त्यतिबेला ति आफन्त मर्ने अवस्थामा पुगेका थिए । अरीका अनुसारलाई उनलाई एक बिल्कुल नौलो गन्ध आएको महसुस भएको थियो । यो कुरा उनको परिवारका अन्य सदस्यले बुझ्न सकेका थिएनन् । त्यसपछि अरीलाई अन्य केही मानिसहरुबाट पनि त्यस्तै गन्ध आएको महसुस भएको थियो, जुन मानिसहरुको केही दिनपछि मृत्यु भयो ।

यो ‘सिक्स्थ सेन्स’ हुँदा समेत उनले कसैको पनि ज्यान बचाउन नसकेको अरीले बताइन् । अरीले भनिन्, ‘मेरो यो क्षमतालाई कसरी प्रयोग गरुँ भनेर मैले केही पनि सोँच्न सकेकी छैनँ । मलाई को मर्दैछ भनेर थाहा हुन्छ तर उसलाई यो कुरा बताउदिनँ । मैले यो कुरा भनेँ भने त्यसको परिणाम के हुन्छ अनि मानिसहरुले यसलाई कसरी लिन्छन् मलाई थाहा छैन । मलाई लाग्छ मैले नियतिसँग खेलवाड गर्नु हुँदैन ।’

अरीले यस्ता केही न केही क्षमता हरेक मानिसहरुमा हुने बताइन् । तर बालापनमा सामाजिक दबाब अथवा पालन पोषणको तरिकाका कारण यो क्षमता सधैँको लागि दबिन पुग्छ ।

प्रतिक्रिया दिनुहोस