यी २० बर्षिय अर्बपति युवती, जसले जित्दैछिन् फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई, यिनको कमाइ सुन्दै अचम्म पर्नु हुन्छ

काठमाडौं । सोशल मिडिया कम्पनी फेसबुकका संस्थापक मार्क जुकरबर्ग जब २३ वर्षका थिए, तब उनले संसारकै कम उमेरका अर्बपतिमा आफ्नो नाम दर्ज गराएका थिए । । तर, अब त्यो रेर्कड एक युवतीले तोड्दैछिन् ।

अमेरिकाको कार्दशीयन परिवारकी सदस्य तथा रियालिटी टिभी स्टार काइली जेनर अहिले २० भइन् । तर, उनको कमाइ ९० करोड डलरभन्दा धेरै पुगेको छ । केही समयअघि काइलीको सम्पति विश्व चर्चित म्यागजिन ‘फोब्र्स’ले सार्वजनिक गरेको हो ।

काइली एक रियालिटी टिभी स्टारमात्र नभएर उनी सफल ‘विजनेसवुमन’ पनि हुन् । उनी ‘काइली कस्मेटिक्स’ नामको मेकअप कम्पनी चलाउँछिन् । ‘फोब्र्स’का अनुसार उनले दुई वर्षअघि मात्र आफ्नो कम्पनी सुरु गरेकी थिइन् ।

काइलीले सुरुमा दुई हजार डलरबाट आफ्नो कारोबार सुरुआत गरेकी थिइन् । तर, अहिले काइलीले ६३ करोड डलरभन्दा धेरैको उत्पादन बेच्दै आएकी छन् । ‘फोब्र्स’ले काइलीको कम्पनीको मूल्य भेल्यू ८० करोड डलर तोकेको छ । ‘फोब्र्स’ले अनुमान गरेअुनसा यस्तै तरिका काइलीको व्यापर बढ्दै गएमा अर्को वर्ष मार्क जुकरबर्गको नाममा रहेको युवा अर्बपतिको रेकर्डलाई काइलीले उछिन्नेछिन् ।

प्रतिक्रिया दिनुहोस