घाटी खसखस गरेर अलि अलि दुखेजस्तो भएको छ भने यस्ता घातक रोगको शिकार हुँदै हुनुहुन्छ।ज्यान समेत जानसक्छ

काठमाण्डाै -घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेलचेक्रयाइँ नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्याले धेरै मानिसको अकालमा ज्यान गुमाउनु परिरहेको चिकित्सकले बताएका छन् ।मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई यस कुराबारे थाहा नभएको दाबी गर्नुहुन्छ । डा. रेग्मी एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीनलाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार प्रायः यस्तो समस्या पाँचदेखि १५ वर्षसम्मका बालबालिकामा हुने गर्दछ ।

यस्ताे समस्या देशका विपन्न परिवारमा रहेकाले यस विषयलाई चित्रण गर्दै उहाँले ‘टन्सिलले बिगारेको मुटु’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले शनिबार काठमाण्डौमा यस पुस्तकबारे गरेको अन्तर्क्रियामा डा. रेग्मीले आमनेपाली सचेत हुन सकुन् भन्ने उद्देश्यले पुस्तक प्रकाशित गरेको बताउनुभयो ।

यसैबीच शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका बाल-मुटु रोग विशेषज्ञ डा. उर्मिला शाक्यले टन्सिल सामान्य रोग जस्तो लागे पनि यसको कारणले मुटुमा जटिल प्रकारको रोग लाग्न सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो। उहाँका अनुसार बालबालिकामा सुरुमा जीवाणुका कारण टन्सिल हुने र त्यो बिग्रिएपछि बाथ ज्वरो आउँछ । बाथले मुटुका मांसपेशी र भल्भलाई असर गर्छ । त्यो नै बाथ-मुटुरोग हो ।

साहित्यकार श्रीओम ‘रोदन’ले बाथ-मुटुरोग गरिबी र अशिक्षाबाट प्रभावित बालबालिकाका लागि ठूलो समस्या भएकाे बताउनु भयाे । यस रोगका कारण नेपालमा वर्षेनि एक हजार बालबालिकाको ज्यान जाने गरेको जनाइएको छ । वार्षिक ८०० मानिसको यही रोगको कारणले मुटुको भल्भ फेर्नुपर्ने अवस्था रहेको छ । हजारौँ मासिन यस रोगबाट प्रभावित रहेका छन् ।

सामान्य टन्सिल रोगका कारण उत्पन्न हुने बाथ-मुटुरोग बारे देशका ९९ प्रतिशतलाई जानकारी नभएर यो रोग छायाँमा परेकाले जनचेतना जगाउन पुस्तकका माध्यमबाट यो प्रयास गरिएको डा. रेग्मी बताउनुहुन्छ । पुस्तकमा उहाँले बाथ-मुटुरोगका विविध पक्षका बारेमा सरल भाषामा उल्लेख गर्नुभएको छ ।

केटाकेटी समयमा घाँटी दुख्ने र टन्सिल हुने अवस्था आउँछ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका संस्थापक कोषाध्याक्ष डा. खेम कोइरालाले पुस्तकको बिक्रीबाट आएको रकम बाथ­मुटु रोग रोकथामका लागि स्थापित अक्षयकोषमा जम्मा हुने जानकारी दिनुभयो । विगत ३३ वर्षदेखि मुटु रोगको उपचारमा संलग्न डा. रेग्मीका झण्डै एक दर्जन पुस्तक प्रकाशित छन् ।

घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेलचेक्रयाइँ नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्याले धेरै मानिसको अकालमा ज्यान गुमाउनु परिरहेको चिकित्सकले बताएका छन् ।

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई यस कुराबारे थाहा नभएको दाबी गर्नुहुन्छ । डा. रेग्मी एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीनलाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार प्रायः यस्तो समस्या पाँचदेखि १५ वर्षसम्मका बालबालिकामा हुने गर्दछ ।

यस्ताे समस्या देशका विपन्न परिवारमा रहेकाले यस विषयलाई चित्रण गर्दै उहाँले ‘टन्सिलले बिगारेको मुटु’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले शनिबार काठमाण्डौमा यस पुस्तकबारे गरेको अन्तर्क्रियामा डा. रेग्मीले आमनेपाली सचेत हुन सकुन् भन्ने उद्देश्यले पुस्तक प्रकाशित गरेको बताउनुभयो ।

यसैबीच शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका बाल-मुटु रोग विशेषज्ञ डा. उर्मिला शाक्यले टन्सिल सामान्य रोग जस्तो लागे पनि यसको कारणले मुटुमा जटिल प्रकारको रोग लाग्न सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो। उहाँका अनुसार बालबालिकामा सुरुमा जीवाणुका कारण टन्सिल हुने र त्यो बिग्रिएपछि बाथ ज्वरो आउँछ । बाथले मुटुका मांसपेशी र भल्भलाई असर गर्छ । त्यो नै बाथ-मुटुरोग हो ।

प्रतिक्रिया दिनुहोस