२०७७ साल असोज २७ गते मंगलबारको राशिफल हेर्नुहोस्

मेष राशि : नसोचेको काममा आज उपलब्धिमूलक प्रगति हुनेछ । रमाइलो यात्रा हुनेछ । कामको लागि समय र धन खर्च होला । आर्थिक समस्याले भने सताउनेछ । परिवारमा सन्तोषको सास फेर्न पाइएला । अरुको सहयोग भन्दा आफ्नो परिश्रमलाई महत्व दिनु पर्नेछ ।

बृष राशि : बौद्धिक एवम् सृजनात्मक कामबाट प्रगति गर्न सकिने छ । अरुलाई सहयोग गर्नु पर्ने समय छ । मानसिक शान्ति मिल्नेछ । यात्रामा रमाउन पाइएला । मिठो खाना प्राप्त गर्न सकिनेछ । विभिन्न उपायहरुबाट साना ठूला बिग्रेका काम सम्पन्न हुनेछन् । प्रेम प्रसंगमा प्रगति हुनेछ ।

मिथुन राशि : आज शरीरमा अल्छीपन बढ्नाले उन्नतीमा बाधा पर्न सक्छ । स्वास्थ्य उपचारका लागि पैसा खर्च होला । नियमित रुपले मायालुको साथ पाइनेछ । कमाइका विभिन्न उपाय मनमा सुझ्ने छन् । कला तथा प्राविधिक क्षेत्रसँग सम्बन्धित कार्यमा सफलता पाइएला ।

कर्कट राशि : शैक्षिक प्रगति गर्नसकिने समय छ । साथि भाइहरुबाट सोचे अनुरुप सहयोग मिल्नेछ । राम्रो कामको लागि समय खर्चगर्ने बेला छ । जागिरमा प्रवेश पाउने र पदोन्नतिको पनि समय छ । परिवारमा रमाइलो वातावरण बन्ला । आफ्नो कमजोरीलाइ भने आज बिचार गर्नु होला ।

सिंह राशि : चौतर्फी विकासको बेला छ । दीर्घयोजनाको काम यति बेला गर्नु भए बेश हुनेछ । सामान हराउने वा नोक्सान हुने समय छ सावधान रहनु होला । आज प्रेम प्रस्ताव आउन सक्छ । मनमा एउटा न एउटा कुराको समस्याले डेरा जमाउनेछ । तर पनि रमाइलो यात्राले मन बहलाउनेछ ।

कन्या राशि : गरेको काममा सफलता मिल्नेछ । छोटो भए पनि महत्वपूर्ण यात्रा हुनेछ । नयाँ योजनाको अवसर आउने छ । आज समय समयमा आर्थिक लाभ हुनेछ । केही नराम्रा समाचार पनि सुन्नु पर्ला । पढीरहेको विषयमा भन्दा अर्को विषयमा रुचि बढनेछ ।

तुला राशि : कुनै नयाँ काम वा व्यवसायतिर मन जाला । साथीको लहैलहैमा नराम्रो कार्यगर्न तिर मन जानेछ । देश वा विदेशको यात्रा होला । इष्टमित्रको सहयोगले काम बन्नेछ । धन लाभका विभिन्न उपायहरु दिमागमा आउनेछन् । धार्मिक काममा मन जाला ।

बृश्चिक राशि : सामाजिक कामबाट आर्थिक लाभ मिल्नेछ । नयाँ कामका योजना दिमागमा आउलान् । स्वास्थ्यमा केही समस्या देखिएला । खानपिन तथा चिल्लो बस्तुबाट टाढै बस्नु भए बेश हुनेछ । साथी भाइहरुबाट सहयोग प्राप्त हुनेछ । नयाँ कुराको आशा जाग्नेछ । सरकारी जागिरको बलियो सम्भावना छ ।

धनु राशि : कर्मचारी वर्गलाई महत्वपूर्ण उपलब्धी हासिल हुने समय छ । सामान्य कुरामा पनि परिवारमा मनमुटाव हुन सक्छ । बोल्दा बढो विचार पुराएर बोल्नु होला । साथीभाइमा झमेला आइलाग्न सक्छ । आफन्तबाट कुनै नराम्रो समाचार सुन्नु पर्ला ।

मकर राशि : काममा सानातिना समस्या आउन सक्छन् । इलेक्ट्रोनिक सामग्रीको कामबाट लाभ हुनेछ । सामान्यतया पेट सम्बन्धी रोग लाग्नेछ । सामान्य कुरामा विवाद उत्पन्न होला । अपजश आउन सक्छ । निर्माण व्यवसायका सामाग्रीको किनबेचबाट यथेष्ट लाभ लिन सकिनेछ ।

कुम्भ राशि : सामाजिक काममा संलग्न हुनु पर्ला । आज मानसिक तनाव बढन सक्छ । राजनितिक एवं व्यवहारिक कुशलताको प्रदर्शन हुने बेला आएको छ । व्यवहारिक कठिनाइबाट मुक्त हुन सकिनेछ । व्यापारमा निकै लाभदायी समय छ । आर्थिक पक्ष बलियो बनाउने खालका काम सम्पन्न होला ।

मीन राशि : रमाइलोमा समय वित्नेछ । स्वाथ्यमा बाधा देखिन सक्छ । कामलाई हल्का तरिकाले नलिनु होला । एउटा न एउटा कामको चिन्ता बनिरहनेछ । मनलाई धैर्य बनाउनु होला । धन खर्चहुने योग छ । शत्रु पक्षको बल लाग्ने छैन । आफ्नै परिश्रमको कमाइमा रमाइनेछ ।

प्रतिक्रिया दिनुहोस