एकैचोटी एउटै अस्पतालका ९ जना नर्स आमा बन्ने भएपछि सबै अचम्मित , अस्पताल यस्तो तयारीमा जुट्यो

काठमाडौँ – अमेरिकाको एक अस्पतालतमा एकैपटक ९ जना नर्सहरु आमा बन्ने भएका छन् । अमेरिकाको मेन अस्पतालतमा कार्यरत नर्सहरु आउँदो अप्रिलदेखि जुलाई महिनाको बीचमा आमा बन्ने भएका हुन् । एउटै अस्पतालका ९ जना नर्स एकैपटक आमा बन्ने खबरले सबै अचम्ममा परेका छन् ।एकैपटक आमा बन्ने भएपछी खुशि हुदै आमा बन्ने क्रममा रहेकी एक नर्स अमाण्डा स्पियरले काममा आउँदा अरुको पेटको बढ्दो आकार र एक अर्काबीच अनुभव साटासाट गर्दा खुसी लागेको बताएकी छिन् ।

त्यस्तै आमा बन्न तयार रहेकी एक नर्स एरिन ग्रनले हामीले गर्भवती भएको एकैपटक घोषणा गरेका हौँ भन्दै खुशि ब्यक्त गरेकी छिन् । अस्पतालमा ८० जना नर्सहरु मध्य ९ जना नर्सहरु सुत्केरी हुने भएपछि अस्पतालले प्रसुती बिदाको तयारी गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस