सँसारलाई नै चकित पार्ने अनौठो कला : यी व्यक्तिले यसरी नाकबाट पानी पिएर आँखाबाट निकाल्छन् पिचकारी , भिडियो बन्यो भाइरल

एजेन्सी – बिश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् ।कुनैले के जानेका हुन्छन् त कुनैले के ।केहि यस्ता मानिसहरु पनि हुन्छन् जसले चर्चामा आउन बिभिन्न क्रियाकलाप गर्ने गर्छन ।यस्तै चिनमा एक व्यक्ति पनि एक क्रियाकलाप बाट निकै चर्चामा आएका छन् । उनले नाकबाट पानी पिएर आखाबाट निकालेर देखाउन सक्छन् ।अहिले उक्त उनको अनौठो कार्य निकै भाइरल भएरहेको छ ।

कुङ्ग फू खेलका प्रशिक्षक समेत रहेका उनको अनौठो कार्य अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ । झांग येलियांग नाम गरेका उनले आँखाबाट पानीको यस्तो पिचकारी निकाल्छन् कि बलिरहेको मैनबत्ति पनि निभाईदिन्छन् । मार्सल आर्ट खेलाडि समेत उनले यस्तो क्षमता एउटा प्राचीन कला रहेको बताएका छन् ।उनले आँखाबाट फ्याँकेको पानी ५।५ फिटसम्म टाढा पुर्याउछन् । हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस