हिजो ह्वात्तै बढेको सुनको मुल्य,आज भने सोच्नै नसकिने गरि यस्तो भयो ! जान्नुहोस् ;

काठमाडौँ, २८ असोज । बुधबार सुन चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा पनि आज २० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ५ रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस