‘सुहाग रात’ कै दिन श्रीमती संगीताले गरिन यस्तो हर्कत, श्रीमान पुगे प्रहरीकोमा !

कहिलेकाहीँ अनौठा घटना हुन्छन्, जसलाई हामीले पत्याउन पनि मुस्किल हुन्छ । नेपालसँगै सिमाना जोडिएको भारतीय राज्य बिहारस्थित भभुआ शहरमा यस्तै एउटा रोचक घटना भएको छ । यो सहरमा एकजना बेहुली सुहागरातकै दिन बेहुलाको घरबाट सबै सामान लुटेर फरार भएकी छन् । सुहागरातकै दिन आफ्ना नयाँ पतिको घर रित्याउने बेहुलीको नाम हो संगीता । उनका आमा-बाबु छैनन्, उनी एउटा नातेदारकहाँ बस्दै आएकी थिइन् । पीडित पक्षका अनुसार बुहारी बनाएर ल्याइएकी युवतीले गहना र नगद तथा घरका अन्य सामान लिएर फरार भएकी हुन् । जानकारी अनुसार शिला देवीका ४० वर्षीय छोरा पंकज कुमारको बिहे २५ वर्षीया संगीता कुमारीसँग भएको थियो । दुवैको बिहे धुमधामसँग एउटा मन्दिरमा भएको थियो ।

बिहेपछि संगीता नवदुलाहासँगै नयाँ घरमा पुगिन् । सुहागरातका लागि पंकज र संगीताको कोठालाई फूलले पनि सजाइयो । तर लुटेरा बेहुलीको योजना अर्कै थियो । उनले बहाना बनाएर पतिसँग सुत्न इन्कार गरेर अर्कै कोठामा सुतिन् । भोलिपल्ट जब पंकज र उनका परिवारका सदस्यको निद्रा खुल्यो तब बेहुली करिब १ लाख ९० हजारको गहना र ३६ हजार रुपैयाँ नगदसहित फरार भइसकेकी थिइन् । यो घटना सार्वजनिक भएपछि पंकजको घरमा हंगामा भयो । त्यसपछि पीडित पक्षले लमीलाई बोलाएर फरार बेहुली उपस्थित गराउन चेतावनी दिएका छन् । संगीताको बिहेका लागि लमीको काम गरेका व्यक्तिले पंकजका परिवारलाई फरार बेहुलीलाई २ देखि ४ दिनमा ल्याउने आश्वासन दिएका थिए ।

तर फरार दुलही फिर्ता नआएपछि पीडित परिवारले लमी र दुलहीविरुद्ध पुलिसमा जाहेरी दिएका छन् । लमी पनि ती युवतीका नातेदार भएको खुलेको छ। अहिलेसम्म बेहुली फरार छिन् भने पुलिसले यो मामिलाको जाँच गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस