बेडमा सर्पको जोडी सुतिरहेको थियो, थाहै नपाएर एक महिला बिस्तारामा बसिन, त्यसपछि…

एजेन्सी । भारतको गोरखपुरमा एउटा दूर्भाग्यपूर्ण घटना सार्वजनिक भएको छ । एक महिला आफ्नो बिस्तारमा फोनमा ब्यस्त हुँदैगर्दा बस्न पुगिन् । जहाँ एक जोडी सर्प पहिल्यै सुतिरहेको थियो । सर्पमा बसेकी महिलालाई दुवै सर्पले टोकेपछि उनको तत्काल नै मृ त्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मीरा नामकी महिला थाइल्याण्डमा रहेका श्रीमानसँग कुराकानी गर्दै बिस्तारामा गएकी थिइन् ।

बिस्तारामा सर्पमाथि बसेपछि उनलाई सर्पले टोकेको थियो । परिवारका अन्य सदस्यले तत्काल नै उपचारका लागि अस्पताल लगे । तर मीराको केही मिनेटमै मृ त्यु भएको थियो । मीराको मृ त्युपछि लामो समयसम्म बेडमा नै बसेको सर्पको जोडीलाई स्थानीयले लठ्ठीले हानेर मा रे । यो घटना गोरखपुर र आसपासको क्षेत्रमा चर्चाको विषय बनेको छ । मीराकी छोरी भने अर्को रुममा बसेकाले उनी सुरक्षित रहिन् ।

यो पनि पढ्नुहोस : राति ‘हेडफोन’ लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि…

एजेन्सी – ताइवानको ताइचुङ्गमा राति ‘हेडफोन’ लगाएर सुतेका एक विद्यार्थी विहान उठ्दा एउटा कान नसुन्ने भएका छन् । डेलीमेलका अनुसार ताइवान एशिया युनिभर्सिटी हस्पिटलमा उक्त विद्यार्थीको उपचार भइरहेको छ । उनको एउटा कानले काम गर्न छोडेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । उनको एउटा कानको ‘हेडफोन’ निस्किएको कारण अर्को कान मात्रै बन्द भएको थियो ।

ओटोराइनोलानेन्जोलोजी विभागका डा. तियान हुईजी (Dr. Tian Huiji Department of Otorhinolaryngology)ले सुत्ने समयमा हेडफोनको प्रयोग नगर्न सुझाव दिएका छन् । जसले कानमा समस्या पैदा गराउँछ ।

रातको समयमा शरीरमा रक्तचाप न्यून हुने भएकाले कान र टाउको सम्म रगत विस्तारै रगत प्रवाह हुने भएकाले दिनमा भन्दा रातमा हेडफोनको प्रयोग खतरनाक हुन्छ ।

सन् २०१८ मा न्यूयोर्क युनिभर्सिटीले गरेको एक अध्ययनले धेरै समय हेडफान प्रयोग गर्ने पाँचमध्ये एकको सुन्ने क्षमता कम भएको पत्ता लगाएको छ ।

प्रतिक्रिया दिनुहोस