म से’क्सी नहुँदा श्रीमानले दिए यस्तो पिडा, गर्थे श्रीमतीलाई यस्तो हर्कत ! श्रीमतीले खुलाईन श्रीमानको हर्कत

एजेन्सी । भारतस्थित विहार राज्यको राजधानी पटनाकी एक महिलालाई उनका श्रीमानले र’क्सी नखाएको र छोटा कपडा नलगाएको ‘आकर्षक’ नदेखिएको भन्दै उनलाई तीन तलाक दिएको खबर सार्वजनिक भएको छ । श्रीमानले आफूलाई आधुनिक बन्न दबाब तथा फरक–फरक कपडा लगाउन दबाब दिँदै आएको उनले बताइन् । भारतीय न्युज एजेन्सी एनएनआईसँगको कुराकानीका क्रममा उनले यस्तो बताएकी हुन् ।

‘सन् २०१५ मा इमरान मुस्ताफसँग मेरो विवाह भएको थियो । विवाहको केही दिनपश्चात हामी दिल्ली गयौं,’ उनले एनएनआईसँगको कुराकानीमा भनेकी छिन्, ‘केही महिनापछि पतिले मलाई पनि शहरका अरु महिला जस्तै आधुनिक बन्न दबाब दिइरहन्थे । उनी चाहान्थे कि म छोटा कपडा लगाउँ, नाइट पार्टीमा जाउँ, र’क्सी खाउँ । यसलाई मैले इन्कार गरिदिएँ । जसका कारण उनी मलाई पि’ट्ने गर्दथे ।’ सौर्य दैनिकमा खबर छ ।

पीडित महिलाले राज्य महिला आयोगमा उजुरी दर्ता गराएको बताएकी छिन् । महिला आयोगले उनका पतिलाई नोटिस पनि पठाइसकिएको जनाएको छ । आयोगकी अध्यक्ष दलमणि मिश्राले भनिन्, ‘सेप्टेम्बर एकमा पतिले तीन तलाक दिए, हामीले यस प्रकरणमा आरोपीलाई नोटिस पठाइसकेका छौं ।’ भारतमा अहिले तीन तलाकलाई अपराध मानिन्छ ।

प्रतिक्रिया दिनुहोस