आमासंग शारीरिक सम्पर्क गरेको केटो जब छोरी माग्न त्यहि घर पुगेपछि….

एक युवकले सामाजिक सञ्जालमा डेटिङको सबैभन्दा आश्चर्य पार्ने घटना सेयर गरेका छन् । घटना पढ्दा सबैलाई अचम्म लाग्यो । उनीहरुले यसलाई कुनै कथाभन्दा कम ठानेका छैनन् । आखिर के हो त घटना ? टिन्डर (डेटिङ एप्लिकेसन/वेबसाइट)मा म्याच भएपछि एक केटीसँग केटाको प्रेम बस्यो । गर्लफ्रेन्डले आफ्नो अभिभावकसँग भेट्न बोलाए । तर त्यहिँ साँझ उसले जीवनमा नसोचेको घटनाको सामना गर्नुपर्यो ।

२१ वर्षको युवकले केहीवर्षपहिला ४० वर्षीया महिलासँग सम्बन्ध राखेका थिए । एक बारमा भेटिएका दुईको सम्बनध शारीरिक सम्बन्धसम्म पुगेको थियो । बारमा भेटिएको महिलासँगको केही महिनापछि युवकले डेटिङ साइट टिन्डरमा १९ वर्षकी केटीसँग भेट्यो र दुवैको प्रेमसम्बन्ध शुरु भयो । दुवैबीचको सम्बन्ध यति राम्रो भयो की केटीले केटालाई आफ्नो अभिभावकसँग भेट्न बोलाइन् ।

तर, केटीको घरछेउ पुगेपछि केटाको होस उड्यो । केटाले देखेको घर त्यहि थियो जहाँ उ गर्लफ्रेन्डको आमासँग आइसकेको थियो । केटाले दुःखी हुँदै आफ्नो सबैकुरा गर्लफ्रेन्डलाई बतायो । शुरुवातमा गर्लफ्रेन्डलाई मजाकजस्तो लागिरहेको थियो । तर युवकले उसको आमाको नाम नै भनिदिएपछि केटीले उसको कुरामा विश्वास गरिन् । त्यसपछि उनीहरुको ब्रेकअप भयो । युवकले सोसल साइट रेड्डिटमा आफ्नो नाम नलेखि यसरी पूरा घटना लेखेका छन् ।

प्रेम के हो ? टेरेसाबाट सिक्नुस्

मदर टेरेसा यस्ती महिला हुन्, जसले १८ वर्षको उमेरमै आफ्नो जीवन अरूका लागि समर्पित गर्ने हिम्मत जुटाइन् । टेरेसालाई प्रेम, दया, निःस्वार्थ भावको प्रतिमूर्तिका रूपमा लिइन्छ । उनले केही समय शिक्षण पेसा अपनाइन् र पछि नर्सको तालिम लिएर दुःखी, गरिब र बिरामीप्रति समर्पित भइन् । गरिब र बिरामीलाई मद्दत गरेकै कारण टेरेसा १९७७ मा नोबेल शान्ति पुरस्कारबाट विभूषित भएकी थिइन् । पूरै जीवन अरूको सेवामा समर्पित मदर टेरेसाको जन्म २६ अगस्ट १९१० मा मसेडोनियाको स्काब्जे सहरमा भएको थियो । परोपकारलाई जीवनको एक मात्र उद्देश्य बनाएकी टेरेसाको मृत्यु ५ डिसेम्बर १९९७ मा भयो । तर, उनी संसारलाई प्रेम सिकाएर बिदा भएकी छिन् । उनको जीवनोपयोगी केही भनाइ विश्वास खड्काथोकीले संकलन गरेका छन् :

मानिस मृत्युपश्चात् स्वर्ग पुग्ने श्वैरकल्पनामा हुन्छ तर लामो जीवनमा गर्नुपर्ने कर्तव्यबारे भने सोच्दैन । मृत्यु अवश्यम्भावी हो भन्ने मानिसलाई ज्ञान हुँदाहुँदै पनि थुप्रै कुकर्म गर्न पछि पर्दैन । कतिपय मानिस स्वर्ग पुग्ने अपेक्षाका कारण पाप कर्मबाट सचेत पनि हुन्छन् । तर, मदर टेरेसाको भने मृत्युपछि स्वर्ग जाने चाहना थिएन । उनी धर्तीमै स्वर्ग देख्न चाहन्थिन् । उनले भनेकी छिन्, ‘म स्वर्गभन्दा बाहिर रहेर पनि त्यस्ता मानिसको मनमा किरण जन्माउँछु, जो अन्धकारमा छन् ।’

विश्वमा पहिलो र दोस्रो विश्वयुद्ध भयो । अहिले पनि थुप्रै देश गृहयुद्धको दलदलमा फसेका छन् । विश्वका अधिकांश लडाइँ सीमा कायमका लागि भएका छन् । जुन लडाइँमा एक पक्ष अर्को पक्षसँग निर्ममतासाथ प्रस्तुत भएको हुन्छ । अहिले पनि विश्वका लागि मदर टेरेसाको भनाइ मननयोग्य छन् । उनले भनेकी छिन्, ‘म हरेक देशलाई माया गर्छु । किनभने म ईश्वरको सन्तान हुँ, जसले हरेक मानिसलाई प्रेम गर्छ ।’

हामीले भविष्यको कल्पनामै केयौँ समय बिताइरहेका हुन्छौँ । या भनौँ भविष्यमा आइलाग्ने खतरा औँल्याउँदै निराश हुन्छौँ । तर, मदर टेरेसाले यस्तो भनेकी छिन्, की जसले कैयौ मानिसलाई गम खुवाउछ । उनको भनाई छ, ‘हामी भविष्यसँग डराउँछौँ । किनकि हामी आजलाई बर्बाद गरिरहेका छौँ ।’ उनको भनाइअनुसार जो भविष्यसँग डराउँछ, उसले आजको समय पनि बर्बाद गरिरहेको छ ।

मदर टेरेसाले जीवनको उत्पत्तिलाई प्रेमसँग तुलना गरेकी छिन् । प्रेमलाई जीवनको ठूलो शक्तिको रूपमा व्याख्या गरेकी छिन् । उनले भनेकी छिन्, ‘हामी ठूलो काम गर्नका लागि बनेका हौँ । हामी प्रेम दिन र लिनका लागि बनेका हौँ ।’

मानिस प्रेमको भोको हुन्छ, चाहे जुनसुकै देशको होस् । जसले प्रेम बाँड्छ उसले पाउँछ पनि । टेरेसा मुस्कुराउन सल्लाह दिन्छिन् । उनको भनाइ छ, ‘एक–अर्कासँग मिल्ने समय मुस्कुराउनुस् । किनकि मुस्कुराहट नै प्रेमको सुरुवात हो ।’

हामी काम त गरिरहेका हुन्छौँ तर त्यो काम साँच्चिकै आत्मालाई साक्षी राखेर गर्छौं त ? संसारका थुप्रै सफल व्यक्तिले भनेका छन् कि प्रेमपूर्वक आफ्नो काम गर्ने मानिसले नै जीवनमा सफलता हासिल गर्छ । टेरेसाको पनि त्यस्तै सल्लाह छ, ‘तिमी सामान्य काम गर तर त्यो काम असाधारण प्रेमका साथ गर ।’

कति मानिस विगतको असफलतालाई कल्पेर निराश भएका हुन्छन् । विगतका केही असफलताका कारण आउने दिनलाई पनि अन्धकार देख्छन् र वर्तमानमा उत्साहका साथ काम गर्न हतोत्साहित हुन्छन् । तर, यस्ता मानशिकताका मानिसका लागि टेरेसा ऊर्जा भर्ने गर्छिन् । उनले भनेकी छिन्, ‘बितेको समय बितिसक्यो । आउनेवाला समय अहिलेसम्म आएकै छैन । मसँग मात्र आजको दिन बाँकी छ ।’ उनको यो भनाइले धेरैलाई आजै काम र प्रेम गर्नका लागि प्रेरणा प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस