मानिसको चिहान नजिकै भेटियो विश्वकै पुरानो बियर, अनुमान लगाउनुहोस कति हजार वर्ष पुरानो होला ?

एजेन्सी । १३ हजार वर्ष पुरानो बियर भेटिएको छ । इजरायल र अमेरिकाबाट संयुक्त रूपमा खटिएका अनुसन्धानकर्ताले यस्तो फेला पारेका हुन् । यो वियर नै विश्वको सबैभन्दा पुरानो बियर रहेको दावी गरिएको छ । इजरायलको नातुफियन चिहान छेउमा रहेको ‘रेजफेट’ गुफामा यो बियर फेला परेको हो ।

स्ट्यान्डफोर्ड र हाइफा विश्वविद्यालयका विज्ञहरू यस अनुसन्धानमा खटिएका थिए । स्ट्यान्डफोर्डका प्रोफेसर ली लियु भन्छन्, ‘मान्छेले बनाएको विश्वकै पुरानो बियर पत्ता लागेको छ ।’
यो संगै मानिसले १३ हजार वर्ष अघि देखि नै बियर खाने गरेको तथ्य फेला परेको छ । त्यति बेला नै मानिसहरुले गहुँ र जौ बाट बियर बनाएको पाइएको छ । यो अन्वेषणले बियरका बारेमा दुई वटा मान्यतालाई भत्काइदिएको छ । अहिले सम्म बियरको इतिहास पाँच हजार वर्ष पुरानो मात्रै छ भन्ने थियो । यो तथ्यलाई गलत साबित गरिदिएको छ । बियर रोटीको सहायक उत्पादन हैन रहेछ भन्ने प्रमाणित भयो । ‘जर्नल अफ आर्कियोलोजिकल साइन्स’का अनुसार मान्छेको मृत्यु हुँदा चढाउनलाई बियर बनाइयो ।

‘यो डिस्कोभरीले के संकेत गर्छ भने अल्कोहल कृषिजन्य वस्तुको ‘बाँकी’ उत्पादन होइन । बरु यो त रीतिरिवाज र आध्यात्मिक क्रियाकलापका लागि उत्पादन गरिएको रहेछ,’ प्रोफेसर ली लियु भन्छन् । यो अनुसन्धान ‘जर्नल अफ आइर्कियोलोजिकल साइन्स’ मा प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस