श्रीमती ह’त्याको आरोपमा श्रीमान सहित सासु-ससुरा जे’लमा, श्रीमती घरमा टुप्लुक्क आइपुगीन्

एजेन्सी । जसको ह त्या गरेको अभियोगमा उनकै श्रीमान र सासु ससुरा लगायत परिवारका सदस्य जे लमा छन् । तर उनी टुप्लुक्क आइपुगीन् । लाग्दैन त कुनै फिल्मको कथा जस्तो रु तर यो वास्तविक घ टना हो । माइत गइरहेकी महिला अचानक बे पत्ता भएपछि उनको खोजिका लागि प्रहरी लाग्यो । केही दिन पछि एक महिलाको ला वा रिस श व फेला पर्यो ।

प्रहरीले त्यो श व उनै महिलाको ठहर गर्यो र ह त्याको अभियोगमा श्रीमान सहित परिवारका सदस्यलाई जे लमा थुनिदियो । तर ति महिला भने ६ महिना पछि टुप्लुक्क घर आइपुग्छिन् । उनलाई थाहा पनि हुँदैन आफ्नो अनुपस्थितीमा घरमा के भइसकेछ ।

भारतको बिहार सुपौल जिल्लामा भएको यो घ टना कुनै फिल्मको भन्दा फरक छैन । राघोपुर थाना क्षेत्रको बेरदह गाउँमा बस्ने रंजीत पासवान आफ्नी श्रीमती घर फर्किए पछि जेल मुक्त भए । तर त्यसका लािग पनि उनले निकै सं घर्ष गर्नुपर्यो । जिवित रहेकी उनकी श्रीमतीले पनि आफु जिउँदै भएको प्रमाण पेश गर्नुपर्यो । ६ महिना सम्म हराएकी श्रीमतीको ह त्याको आरोपमा उनले आफ्ना वृद्ध आमा–बुवासँग ६ महिना जे लमा बिताउनु पर्‍यो ।

पुलिसको अनुसन्धान रिपोर्ट अनुसार सोनिया यादव सन् २०१८ मे २४ तारिखमा माइती जान घरबाट निस्किएकी थिइन् । त्यसपछि उनीबारे केही अत्तोपत्तो लागेन । दुई दिनपछि पुलिसले अज्ञात श व भेट्यो । ति महिलाको माइतीको किटानीका आधारमा परिवारका सदस्यलाई जे लमा हालियो ।
त्यसपछि श्रीमान् रंजीत, ससुरा विशुन देव पासवान र सासु गीता देवीमाथि ह त्याको मु द्दा दर्ता गरे ।

मु द्दाको ट्रायल चलिरहेको थियो । पुलिसले चार्जशीट फाइल गरिसकेको थियो । साढे पाँच महिनापछि सन् २०१८ नोभेम्बर २१ मा सोनिया पुलिसको अगाडि उभिइन् ।

तर त्यतिबेला पुलिसले उनलाई सोनिया मान्न नै अस्विकार गर्‍यो । सोनियाले अदालतको ढोका ढक्ढकाइन् । थुप्रै पटक बयान दर्ता गराइन् र यसैको आधारमा रंजीत र उनका आमा–बुवाले करिब ६ महिनापछि जमानत पाए । उनले आफ्नै परिवारका सदस्यलाई जे ल मुक्त गराउन मानवअधिकारकर्मीको सहारा लिनुपर्यो ।

अब अदालतको निर्णय आइसकेको छ । सुपौल सिभिल कोर्टमा अपर जिल्ला एवं सत्र न्यायधीश तृतीय रवि रंजन मिश्रले तीन अभियुक्तलाई ह त्याको आरोपबाट मु क्त गरिदिए । अदालतले रंजित र उनको परिवारलाई ‘पीडित प्रतिकार योजना’ अनुरुप कम्तीमा ६ लाख रुपैयाँ क्षतीपूर्ती दिन आदेश दिएको छ । उक्त क्षतीपूर्ती अनुसन्धान अधिकारीको तलबबाट का टेर दिने आदेश दिइयो ।

माइत जान हिडेकी सोनिया बाटो भुलेर अलपत्र परिन । त्यही बेलामा एक महिलाले उनलाई गाडीमा बसारेर अन्तै लगिन् । ति महिला मानव बे च बिख न गर्ने महिला रहिछन् । सोनियाको बच्चा सानो भएकाले उनले ध न्दा भने गर्नु परेन ।

मलाई एक महिलाले घर छोडिदिने आश्वासन दिएर आफ्नो गाडीमा बसालिन् र मलाई गाजियाबाद लिएर गइन् ।’ उनले प्रहरी समक्ष आफ्नो बयानमा भनेकी छन् । सोनिया थप्छिन्, ‘मलाई लगिएको ठाउँमा पहिलेदेखि नै १४–१५ जना महिला थिए । मलाई त्यहाँ पुर्‍याउने महिलाको नाम किरण देवी हो । उनकी छोरीको नाम कामिनी हो ।

सोनियाका अनुसार जब उनलाई बच्चा लिएर भाग्न सक्छु जस्तो लाग्यो तब उनले त्यहाँबाट भाग्ने योजना बनाउन थालिन् । एक दिन उनी ढोका खुल्लै भएको मौका पारेर भाग्न सफल भइन् । जब घरमा आइन् यस्तो अवस्था देखेर अचम्म परिन् ।

तर सोनियाको समस्या यत्तिमा मात्रै सिद्धिएन । जब उनी गाउँ पुगिन् तब परिवारका तीनजना जे लमा बन्द थिए । सोनियाका अनुसार उनले जे लमा श्रीमानलाई भेट्ने कोसिस गरिन् तर कसैले पनि भेट्न दिएनन् । त्यसपछि उनी सुपौल सदर थानामा पुगिन् तर त्यहाँ पनि पुलिसले उनको कुरा मान्न अस्विकार गरिरहेको थियो । रंजितका अनुसार अनिल कुमार सिंह नामका एक सामाजिक कार्यकर्ताले सोनियाको मद्दत गरेर अहिले जे ल मुक्त भएका छन् । नीरज प्रियदर्शी र बीबीसी

प्रतिक्रिया दिनुहोस