बाख्रीमा खसीको अ’ङ्ग सुपर ग्लूले जोडेर खसीको मासु भन्दै बेच्दै!

काठमाण्डौं । चाडवाडको मुखमा ठगीका अनेक स्वरुप देख्न पाइन्छ । अझ खाद्यान्न र मासु पसलमा त यस्ता ठगी झन धेरै हुने गरेको पाइएको छ । कोरोनालाई कारण देखाउँदै सामानको भाउ पनि आकाशिएको छ । त्यसमाथि अखाद्य र मिसावटले उपभोक्ता झन ठगिएका छन् ।

दशैंमा धेरै खपत हुने भनेको मासु पनि हो । तर बासी मासु बेच्ने, म’रे’का जनावरको मासु बेच्ने तथा स्त्री प्रजातिका जनावरको मासु बेचेर पनि उपभोक्ता ठगी गर्ने गरेको पाइएको छ ।

यसै प्रसंगमा दुई बर्ष अघि अनुगमनका क्रममा नवलपरासीमा भेटिएको खसी भन्दै बेच्न राखेको बाख्रीको मासुको चर्चा हुने गर्दछ । त्यस समयमा पनि चाडपर्वको बेलामा मासुको माग बढ्दा खसीको मासुमा बाख्रीको मासु मिसाएर बेच्ने घटना सार्वजनिक भएको थियो ।

बजार अनुगमनको क्रममा परासी बजारमा खसीको मासु देखिने गरि सुपर ग्लुले टाँसेर बेच्दै गरेको फेला परेपछि उक्त रहस्य सार्वजनिक भएको थियो । परासीको साप्ताहिक बुधबारे हाटबजार अनुगमन गर्ने क्रममा समितिले मासुमा भैरहेको यस्तो पनि गलत कार्य भेटेको थियो जुन सबैलाई अचम्मलाग्दो बिषय थियो ।

त्यस समयमा एक खसी मासु पसलमा पुगेर मासु हेर्न थालेपछि बाख्रीको मासुमा सुपरग्लुले केहि भाग खसीको अ’ङ्ग टाँसेर खसीको रेटमा बाख्रीको मासु बेचिरहेको पाइएको थियो ।

बजार अनुगमन सक्रिय बनाइए उपभोक्ता ठग्ने यस्ता ब्यापारी हतोत्साहित हुने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस