४ दिन सम्म सुत्नेबेला एक पोटी लसुन चपाएर सुत्ने गर्नुस यस्ता गज्जबको फाईदा पाउनुहोस !

लसुन र एलियम वर्गका तरकारी हरुलाई शक्तिशाली कैंसर प्रतिरोधी तरकारी मानिएको छ। यी वर्गका तरकारी हरूले खस गरेर पेट तथा ठुलो आन्द्रा को क्यान्सर मा विशेष प्रतिकारी भूमिका खेलेको अनुसंधानहरूले जनाएको छ। यी तरकारीमा पाईने तत्वहरूले प्रोस्टेट मुत्रासय ठुलो आन्द्राको र पेटका ट्युमरको वृद्धि लाई मन्द गरेको र रोकेको प्रमाण हरू पनि जुटिसकेको छन्। लसुन मा पाईने डाईएलाइल डाईसल्फेटले भनिने तत्वले छाला, ठुलो आन्द्रा र छालाको कन्सर हुन नदीन प्रभाबकारी भूमीका निभाएको पायीएको छ भने यो तत्वले प्रयोगसलामा ल्युकेमियाका (रगतको क्यान्सर) कोष हरुलाई समेत नष्ट पार्ने क्षमता पुष्ठी गरेको छ।

नेपाली श्रीमान प्रदेशमा बितेपनि नेपालमै एकल जीवन बाँचिरहेकी फिलिपिनी बुहारीफिलिपिन्सकी २९ वर्षीय रुजान जोय र धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१० का मोहम्मद मजहर दुबै कतारको एकै कम्पनीमै बिक्रेताको काम गर्थे । एकै कम्पनीमा एकैसाथ एउटै प्रकृतिको काम गर्दा उनीहरूबीच प्रेम भयो ।दुवै अलग-अलग देश र समुदायका भएपनि तेस्रो मुलुक कतारमा उनीहरूबीच गहिरो प्रेम भयो । दुवै एकैसाथ बस्न पनि थाले । रुजानभन्दा मजहर २ वर्ष कान्छो थियो । रुजानका अनुसार मजहरले शुरूमा प्रेम प्रस्ताव गरेको थियो । जसलाई सहर्ष स्वीकारेको उनले बताइन् ।

त्यसपछि बिहे गर्ने प्रस्ताव पनि मजहरबाटै आयो । मैले त्यसलाई सहर्ष स्वीकार गरें,’ रुजानले भनिन्, ‘मैले पनि आफ्नो घरमा बिहेबारे कुरा गरें र मजहरले पनि नेपालमा आफ्ना आमाबुवासँग बिहेबारे कुरा गर्यो ।’रोजगारी पूरा गरेपछि दुवै जना नेपाल आए । जनकपुरमा मुस्लिम धर्म रीतिरिवाज अनुसार दुवै जनाको ‘निकाह’ भयो । दुवै जनाले २०७० फागुन २६ गते ‘कोर्ट म्यारिज’ गरे ।जिल्ला प्रशासन कार्यालय धनुषामा दुवै जना पुगेर विवाह दर्ता ऐन २०२८ बमोजिम एकअर्कालाई पतिपत्नीको रूपमा ग्रहण गरी मजहर र रुजानबीच विवाह दर्ताको प्रमाणपत्र वितरण गरिएको थियो । मजहर फेरि वैदेशिक रोजगारीमा गए । यसबीच दुवैले छोरी याजी एन्जेला पाए । छोरी एन्जेला अहिले ५ वर्षकी छन् । छोरी भएपछि रुजान जनकपुरमै सासुससुरासँग बस्न थालिन् । कहिलेकाहीँ माइतीघर फिलिपिन्स पनि जाने-आउने गर्थिन् । पछिल्लो पटक मजहर घर फर्किएर आउँदा ५ महिना जति बसे ।त्यही क्रममा रुजान पुनः गर्भवती भइन् । मजहर पुनः कतार काममा फर्किए । गत अक्टोबर ५ तारिखमा राति समुद्रमा नुहाउन गएको बेला डुबेर उनको निधन भयो । मजहरका बुवा अब्दुल सहमत मोमिनले भने, ‘त्यहाँको समाचार पत्रमा समुद्रमा नुहाउन जाँदा डुबेर मृत्यु भएको उल्लेख थियो ।’

रुजान नेपालमै जनकपुरमा सासुससुरासँग बस्दै आएका छन् । उनको पेटमा अहिले ५ महिनाको गर्भ छ । पतिको निधन भएपछि अब उनी आफ्नो देश फिलिपिन्स फर्केलिन् कि भन्ने जनकपुरको घर परिवारमा चिन्ता थियो ।तर रुजानले अब जनकपुरमै आजीवन बस्ने निधो गरेकी छन् । मजहरको निधन भएपछि उनले आफ्नो देशको नागरिकता समेत परित्याग गर्दै नेपाली नागरिक बन्न जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिइन् ।‘मेरो घर परिवार र सारा संसार भनेको यहीँ जनकपुरमा नै छ । अब फिलिपिन्स फर्किने कुरा सोच्नै सकिन्न,’ रुजानले लोकान्तरसँग भनिन्, ‘घरमा सासु, ससुरा, देवर, जेठाजु सहितको सम्पूर्ण परिवार छ । अब यहीँ नेपालमै बसेर आफ्नो छोरीलाई पालनपोषण गर्नेछु ।’ उनले घरमै गृहिणी भएर बस्ने बताइन् । छोराको निधनपछि सासु ससुराले पनि आफ्नो पुरापुरी ध्यान राख्ने गरेको उनले बताइन् ।बुहारीलाई नेपाली नागरिकता दिलाउन पहल गरेका ससुरा अब्दुल सहमत मोमिनले भने, ‘म आफैं पनि टेलर मास्टर हुँ ।मैले पनि कमाएर बुहारी र नातिनीलाई आर्थिक समस्यामा पर्न दिन्न ।’ उनका अरु २ जना छोरा पनि छन् । जेठो छोरा ३० वर्षीय मोहम्मद अजहरुद्दीनको बिहे भइसकेको छ भने कान्छो छोरा मोहम्मद अथरको बिहे भएको छैन ।

निधन भएका मजहर माइलो छोरा थिए । बुहारीलाई सजिलो होस् भनेर नेपाली नागरिकता बनाइदिएको उनले बताए । ५ वर्षकी नातिनी एन्जेला जनकपुरकै एक निजी विद्यालयमा पढिरहेकी छिन् । रुजानलाई मैथिली भाषा बोल्न त आउँदैन ।तर अरुले बोल्दा मैथिली बुझ्न थालेकी छन् । विगत ५ वर्षदेखि जनकपुरमै बस्दै आएकाले मैथिली भाषा बुझ्न समस्या नभएको उनले बताइन् । रुजान नेपालमै बस्ने भएपछि रुजानका आमाबुवाले असहमति जनाएनन् । ज्वाइँको निधनपछि रुजानकी आमा पनि जनकपुर आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस