अब फार्मेसीमा अर्को हप्ताबाट कोरोनाको औषधि पाइने

एजेन्सी – रसियाले कोरोना भाइरस विरूद्धका लागि भनेर विकास गरेको एन्टिभाइरल औषधि फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृत दिएको छ । रसियाले स्वीकृत दिएसँगै अर्को हप्ताबाट रसियाका सबै फार्मेसीमा पाइने बताइएको छ ।

कोरोना भाइरसको सबैभन्दा पहिलो खोप दर्ता गराएको रसियाले ‘कोरोनाभिर’ एन्टिभाइरल औषधि बनाएको बताएको छ । कोरोना संक्रमणबाट जटिल अवस्था भएकादेखि सामान्य अवस्थामा रहेकाहरूका लागि पनि यो औषधि प्रयोग गर्न पाइने बताइएको छ ।

आर–फर्माले कोरोनाभिर बनाएको हो । कोरोनाको औषधि पत्ता लगाउने दाैडमा रसिया सबैभन्दा अगाडी रहेको छ । कोरोनाको खोप रसियाबाट धेरै राष्ट्रहरूले किन्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस