बाह्रै महिना पानी आइरहने यो अनौठो रुख, जहाँ मानिसहरुको भीड लाग्ने गर्छ

काठमाडौं – प्रकृतिले हामिलाई धेरै अनौठा चिजहरु दिएको छ । ती सबै चिजहरु बारे हामिलाई थाहा पनि हुँदैन । तर एक्कासी देखिदा अनौठो लाग्ने गर्छ । 

हामिले धेरै प्रजातीका रुखहरु देखेका छौ । तर यस्तो रुख पनि छ, जसबाट पानी आइरहने गर्छ । कुरा सुन्दा अनौठो लाग्ला, तर यो अनौठो रुख भारतमा छ । यस रुखले विज्ञानलाई चुनौती दिदै सबैलाई चकित पारेको छ । 

यो रुख हरियाणाको नुहे जिल्लाबाट ३ किलोमिटर टाढा रहेको अरावली पर्वतमालामा रहेको एक मन्दिरको छेउमा रहेको छ । लगातार रुपमा पानी आउँने यस रुखलाई हेर्ने मानिसको लर्को लाग्ने गर्छ । 

त्यहाँका मानिसहरुले यस रुखबाट आएको पानी पिउदा रोगहरु हट्ने विश्वास पनि गर्छन् । वैज्ञानिकहरुले यस बारे अनुसन्धान गरेपनि पानी आउने कारणबारे पत्ता लगाउन सकेका छैनन् । 

दर्शालुहरुले आस्थाको केन्द्र मान्दै कसैको दिव्य शक्तिको वास भएको बताउदै आएका छन् । नल्हडेश्वर नामले चिनिएको यस मन्दिरमा धेरै भक्तजनहरु आउने गर्छन् । यहाँ आएका मानिसहरुले मन्दिर दर्शन पछि रुखको पानी लिएर जाने गर्छन् । 

प्रतिक्रिया दिनुहोस