विश्वकै यो खतरनाक रुख, जसले ज्यानै लिन सक्छ ! सुरक्षाको लागि मानिस नै तैनाथ हुन्छन्

काठमाडौं – विश्वमा धेरै प्रजातीका रुखहरु छन् । रुखले हामिलाई अक्सिजन दिने हुनाले यसको निकै महत्व छ । धेरै रुखको जरा, पात, फुल, बोक्रा औषधीको रुपमा पनि प्रयोग गर्ने गरिन्छ ।

आयुर्वेदमा औषधीको रुपमा प्रयोग गरिने हुनाले रुख घातक हुने विश्वास पनि गरिदैन । तर विश्वमा यस्तो रुख पनि छ, जुन निकै खतरनाक हुन्छ । यस रुखका कारण मानिसको ज्यान नै जान पनि सक्छ । सरबेरा ओडोमस नामको रुख निकै खतरनाक हुन्छ । यस रुखलाई सुसाइड ट्रि पनि भन्ने गरिन्छ ।

सरबेरा ओडोमस रुख एशियाका दक्षिण पुर्व देशहरुमा पाइन्छ । यस रुखले मानिसहरुको लागि खतरनाक हुने हुनाले यो रुख उम्रेको ठाउँमा सुरक्षाको लागि मानिस तैनाथ पनि गरिन्छ ।

यस रुखकै कारण हरेक हप्ता एक जनाको मृत्यु हुँदै आएको पनि बताइएको छ । यो रुखा निकै बिषालु हुने सोधकर्ताको समुहले पत्ता पनि लगाएका छन् । रुखबाट फल्ने फलमा सरबेरीन नामको तत्व हुने गर्छ ।

यो तत्व धेरै विषालु हुने गर्छ । यो थोरै कसैले खाएमा पनि शरिरमा असर गर्ने गर्छ । यसको सेवन गरेमा वान्ता हुने, धड्कन बढ्ने र पखाला लागी मृत्यु हने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस