यस्तो अनौठो जीव, जुन ७ बर्षसम्म केही नखाई एकै ठाँउमा बसिरहन्छ !

एजेन्सी – बिश्वमा नसुनेका र नदेखेका धेरै जीवहरु छन् । कुनै यस्ता जीवहरु पनि हुन्छन् जुन हामिले एक्कासी देख्ने गर्छौं । बिश्वमा यस्तो अनौठो जीव पनि छ जुन सात वर्षदेखि केहि नखाई पनि बाँच्छ । यस्का अनौठा विशेषताहरु छन् ।

निकै दुर्लभ मानिने यो जीव कैयौ दिनसम्मपनि नखाई बाच्न सक्दछन् । सेलामण्डर नामको यो जीव निकै अनौठो छ । यो दक्षिण पूर्व यूरोपको देश बोस्निया र हर्जेगोविनामा पाइन्छ ।

यो जीव लामोसमयसम्म नहल्लिकन पनि बस्न सक्छ । पानी भित्रको गुफामा पाइने यो जीव ७ बर्षभन्दा बढि समयदेखि नहल्लिकन र नखाँई बसेको छ । गुफामा बस्ने हुनाले यसको खाना हत्तपत्त पाइदैन ।

अनुसार यसको छाला र अविकसित आखाँका कारण अन्धो हुने गर्छ । भनिन्छ अन्धो भएकाले नै यो जीव नहल्लिकन बसेको हो । पानी भित्र मात्र बस्ने सेलामण्डरको लगभग उमेर १ सय बर्ष हुन्छ ।

प्रतिक्रिया दिनुहोस