४४४ किलो वजन भएका यी युवकले आफूलाई सुहाउँदो श्रीमती खाज्दै, दैनिक खान्छन् ३६ वटा अण्डा

एजेन्सी – धेरैले विवाह गर्न आफुलाई सुहाउँदो जोडी खोज्ने गर्छन् । यस्तै पाकिस्तानका एक युवकले पनि आफुलाई सुहाउदो जोडी खोजिरहेका छन् । २७ वर्षीया पाकिस्तानी वेटलिफ्टरको शरिर निकै ठुलो छ । उनी अहिले आफुलाई मिल्ने पत्नी खोजीरहेका छन् । सुन्दा अचम्म लाग्ला उनको तौल ४४४ केजी रहेको छ ।

अहिले उनले आफुलाई सुहाउदो पत्नी नपाउदा हैरान भएका छन् । उनको शरिरकै कारण तीन सय प्रस्ताव अस्वीकार भइसकेका छन् । खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्ने अरबाब खिजर हयातलाई वजनअनुसार पत्नी १०० केजीको हुनुपर्ने बताइदै आएको छ ।

उनका परिवारले पनि बुहारी १०० केजी र उचाई ६ फिट चार इन्च हुनपर्ने नत्र जोडी नमिल्ने बताएका छन् । तर खोजी गर्दा भनेजस्तो बुहारी पाउन सकेका छैनन् । हयातले दैनिक हजार क्यारोरी भएको खाना र दैनिक ३६ वटा अण्डा खाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस