सबैको चाहना हुन्छ,आफ्नो घर हर सुख सुविधाबाट सम्पन्न होस् ।त्यसैले मानिसले घर बनाउँदा धार्मिक,वास्तुलगायतका अन्य निमयको पालना गरेर घर बनाउछन् ।यति मात्रले पनि घरको बसाई सौहाद्रपूर्ण नहुन सक्छ । घरमा सकारात्मक ऊर्जाको आवश्यकता हुन्छ ।अर्थात घरमा पोजेटिभ इनर्जीको माहौल हुनु पर्दछ । यसका लागी हामीले मात्र केहि बिरुवा रोपेमा सकारात्मक माहौल बन्न सक्छ ।
तुलसी=धार्मिक मात्र नभई स्वास्थ्यका दृष्टिमा समेत गुणकारी मानिएको तुलसीको बिरुवाले सकारात्मक उर्जा बनाउने गर्दछ । घरमा तुलसीको बिरुवा हुनाले यसले नकारात्मक उर्जा खिचेर सकारात्मक उर्जा बनाउने गर्दछ ।मेहन्दी=सकारात्मक ऊर्जाका लागि मानिसको शरीर तथा मन सहि हुन अत्यन्त आवश्यक हुन्छ ।
तसर्थ शरीर र मनको थकान भगाउन मेहन्दी निकै फाइदाजनक मानिन्छ । घरमा मेहन्दीको बिरुवा रोपेमा अनिन्द्राको समस्या समेत दुर हुने मान्यता छ ।मनि प्लान्ट=अधिकाशं मानिसले नजानेरै मनिप्लान्ट रोपेका हुन्छन् । तर मनिप्लान्टले घरको वातावरणमा सकारात्मक उर्जा बढाउनुका साथै खुसी र सम्पन्नता भर्ने विश्वास गरिन्छ । घरमा यो बिरुवा रोपेमा यसले नकारात्मकता समेत निकाल्ने विश्वास गरिन्छ ।
घ्यूकुमारी=स्वास्थ्यका दृष्टिले अत्यन्त गुणकारी मानिने घ्यु कुमारीलाई शरीरको सुन्दरता विकासमा महत्वपुर्ण मानिन्छ । तर यस अलावा घरमा घ्यु कुमारी रोपेमा यसले घरको नकारात्मक उर्जा हटाउने र सकारात्मक उर्जा भर्ने मान्यता छ ।बाँस=बाँसको अर्थ बाहिर जंगल वा खेती गरिने बाँस होइन यो सानो गमलामा रोपिने बेम्बो ट्री हो । यदि घरमा बेम्बो ट्रि रोपिएको छ भने यसले भाग्य तथा प्रेमयुक्त घर बनाउने विश्वास गरिन्छ।