४५ मिनेटसम्म सुटकेसमा बन्द नायिका शाहले खोलिन राज !

काठमाडौ । यदि तपाईंले सामाजिक सञ्जालमा भाइरल भैरहेका विषयवस्तुहरूमा ध्यान दिनुहुन्छ भने टिभी सिरियल इश्कमें मरजावां २ को सुटकेस सिन जरुर देख्नुभएको होला। उक्त सिनमा नायिका हेली शाह आफ्नो कोठाबाट निस्केर आउँछिन् र चिप्लिएर भित्तामा ठोक्किन पुग्छिन्। अनि बेहोस भएर एउटा सुटकेसमा खस्न पुग्छिन्। त्यसपछि कसैले उनलाई सुटकेससहित उठाएर पानीमा फालिदिन्छ।

यो सिन भाइरल भएपछि यसले धेरै चर्चा पायो। सामाजिक सञ्जालमा यसको मजाक पनि बन्यो। भिडियो भाइरल भएपछि सिनकी नायिका हेली शाहसँग यसबारे कुराकानी गरिएको छ। सुटकेस सिनका बारेमा हेली भन्छिन्,”म आफ्नो कामलाई सकेसम्म राम्रोसँग गर्न चाहन्छु। देखावटी, बनावटी नलागोस् भनेर धेरैभन्दा धेरै मेहनत गर्ने गर्छु।

सुटकेस सिनपछि धेरैको प्रतिक्रिया पाएँ। मलाई थाहा छैन कसरी ? तर म पहिलो सुटकेसमा नै फिट भएँ। जुन सेटमा ल्याइएको थियो।

मैले एकदमै गह्रौं लेहेङ्गा लगाएकी थिएँ तैपनि म सुटकेसमा अटाएँ। तर यसको मतलब यो होइन कि, त्यो सबै काम सजिलो थियो। म त्यस सुटकेसमा ४५ मिनेटसम्म खुम्चिएर, बाङ्गिएर बसेँ। त्यहाँबाट निस्किएको धेरै दिनसम्म मेरो गर्दन बेस्सरी दुखिरह्यो।” हल्का टिप्पणी गरिरहनु भएकाले सायद मेरो यो मेहनतलाई सम्मान गर्नुहुन्छ होला ।

प्रतिक्रिया दिनुहोस