अनौठो संसार: दाजुभाईको दिदीबहिनीसँग विवाह हुने यी जनजाति

भाई र दिदीको नाता पवित्र मानिन्छ। तर आज हामी तपाईहरुलाई यस्तो रीतिरिवाजको बारेमा जानकारी दिन चाहान्छौ, जुन कुरा सुनेर आश्चर्य मान्नु हुन्छ। भारतमा एक यस्तो परम्परा छ जहाँ भाई र बहिनी एक आपसमा विवाह गर्छन्।

छत्तीसगढको धुरुवा जनजातिमा रगतको नाता भित्रै विवाह गर्छन्। धुरुवा जनजातिमा मानिसहरु दिदी बहिनीको छोरीसँग आफ्नो छोराको विवाह गर्छन्। त्यहाँ भाई–बहिनीको आपसमा विवाह गर्नको लागि घरपरिवारले अनुमति दिन्छ।

आफ्नै नातामा सम्बन्धमा विवाह गर्न कुनै आपत्ति हुँदैन। अन्य स्थानमा भने गल्तीले पनि यस्तो नातामा विवाह गरेमा भारी मुल्य चुकाउनु पर्छ। त्यहाँ भाई र बहिनीको नातालाई पति पत्नीमा बदल्नु धेरै ठुलो कुरा हो।

धुरुवा जनजातिमा भने अर्को एक गजबको रीति पनि छ। यो रीति पनि विवाहसँग सम्बन्धित छ। यस परम्परामा दुलाहा दुलहीले आगो होइन पानीलाई साक्षी राखेर फेरो लिन्छन्। यस जनजातिमा रुख र पानीको पूजाको धेरै महत्व हुन्छ।

छत्तिसगढका धुरुवा जनजातिका मानिसहरु धेरै लामो वर्षदेखि यस परम्पराको पालन गर्दै आएका छन्। आज पनि त्यहाँका फरक–फरक स्थानमा बसेर यस परम्पराको पालन राम्रोसँग गर्दै आएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस