रोचक प्रसंग: प्लेनमा जन्मिएका बच्चाहरू कुन देशका नागरिक हुन्छन् होला ?

काठमाडाैँ । हामी धेरैले प्लेनमा नै बच्चाको जन्म भएको सुनेका छैनाैँ होला, तर कतिपय भने यस्ता घटनाको प्रत्यक्षदर्शी समेत भएका पनि हुन सक्छाैँ ।यदी प्लेनमा बच्चा जन्मिएमा उक्त बच्चा कुन देशको नागरिक हुन्छन् त ? यो कुरा हामी धेरैलाई थाहा नहुन सक्छ ।विश्वका धेरै देशहरूमा प्लेनमा यात्रा गर्ने विभिन्न नियम बनाएका छन् । उदाहरणका लागि भारतमा ७ महिनाभन्दा धेरै समयकी ग’र्भवति महिलाले प्लेनमा यात्रा गर्न नपाउने नियम छ । यद्यपी महत्वपूर्ण अवस्थाका लागि यो नियम ल’चिलो छ ।

यदी प्लेन उडीरहेको बेलामा महिलाले बच्चालाई जन्म दिएको खण्डमा उक्त प्लेन कुन देशको आकाशमा उडीरहेको छ भन्ने पहिलो शर्त हुनेछ । र उक्त प्लेन जुन देशमा ल्याण्ड हुन्छ सोही देशको एयरपोर्टबाट बच्चाको जन्मदर्ता लगायतका कागजातहरू बनाइन्छ ।यस्तो नियम भएता पनि बच्चाहरूका अभिभावकमा बच्चालाई कुन देशको नागरिक बनाउने भन्ने अधिकार पनि हुन्छ ।उदनहरणका लागि यदी पाकिस्तानबाट अमेरिकातर्फ जाँदै गरेको प्लेन भारतको आकाशमा हुँदा बच्चा जन्मिएमा उक्त बच्चाले भारतको नागरिकता पाउँछ ।

त्यसैगरी उक्त बच्चाका अभिभावक जुन देशका नागरिक छन् सोही देशको नागरिकता पाउँछ । तर, भारतमा २ देशको नागरिकता लिन मिल्ने प्रावधान भने छैन ।केही वर्षअघि अमेरिकामा यस्तै घटना अमेरिकामा देखा परेको थियो । नेदरल्याण्डबाट अमेरिका जाँदै गरेको प्लेनमा एट्लान्टिक ओसनमा पुग्दा महिलाले स्वस्थ बालिकालाई जन्म दिइन् ।अमेरिकाको सिमानामा जन्मिएको हुनाले ती बालिकाले अमेरिकी नागरिकता प्राप्त गरिन् । त्यस्तै उनको नाममा नेदरल्याण्डको नागरिकता पनि बन्यो ।यद्यपी हरेक देशले प्लेनमा जन्मिएका बच्चाहरूलाई दिइने नागरिकताका लागि छुट्टाछुट्टै नियम बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस