चिसोले गर्दा हात खुट्टाको जोर्नी, घुँडा दुखेर हैरान हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुहोस्

काठमाडौँ । अहिले जाडोको समय छ । जाडोमा जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्न सक्छ ।

कतिसमय अवस्थामा त घुँडा दुखाईले सामान्य हिँडडुल गर्न समस्या हुन्छ । त्यसैले यस्तो पी’डाबाट मुक्ति पाउनका लागि घरेलु उपचार विधी अपनाउँदा फाइदा पुग्छ ।

अर्थात घरायसी विधीबाट यस्तो दुखाईलाई कम गर्न सकिन्छ । यसका लागि यी कुराहरुको प्रयोग गर्नुहोस् ।
प्याज
प्याजले घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।

कागती
कागतीको सेवनले पनि घुँडाको दुखाई पनि शान्त गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ ।

तोरीको तेल
तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमितरुपमा यसो गर्दा घुँडाको दुखाई पक्कै कम हुन्छ ।

सिधे नुन
घुँडाको दुखाईमा सिधे नुन एकदमै असरदार हुन्छ । यसलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ । यो एउटा घरेलु उपचार हो ।

बेसार
घुँडाको दुखाई भगाउनका लागि बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा मौजुद रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाई कम गर्न सहयोग गर्छ ।

मेवाको विज
मेवाको बिज अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ दुखाईबाट उन्मुक्ति पाइन्छ ।

प्रतिक्रिया दिनुहोस